मुख्यमन्त्री कार्कीले तोके कोशीका तीन मन्त्रीको जिम्मेवारी
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तीन जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन् । शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ । कार्की नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् ।
यस्तै नेकपा माओवादीबाट मन्त्री भएका गणेशप्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका कमलप्रसाद जबेगूलाई भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
अरू मन्त्रीहरू नियुक्त गर्न बाँकी रहेकाले बाँकी मन्त्रालय मुख्यमन्त्री कार्की आफैंले राखेको प्रदेश प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।