
युद्वविरामपछि इजरायली आक्रमण : गाजामा कम्तीमा ३२ जनाको मृत्यु
युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरहरूमा र धेरै बसोबास क्षेत्र तथा भिडभाड भएको ठाउँमा आक्रमण गरेको थियो ।
इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।
