
गणतन्त्रविरोधीलाई सामूहिकरूपमा जवाफ दिन जरुरी छ: खड्का
कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले वर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली तुलनात्मक रुपमा अन्यप्रणाली भन्दा उन्नत रहेको बताउनुभएकाे छ ।
शुक्रबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २७ औं वार्षिकोत्सवमा उहाँले यो शासन प्रणालीको विकल्प नरहेको बताउँदै गणतन्त्रविरोधीलाई सामूहिकरूपमा जवाफ दिन जरुरी रहेकोमा जोड दिनुभएकाे छ।
गणतन्त्रात्मक शासन प्रणालीको जिम्मेवारीमा बसेकाहरूको निर्णय, कार्यशैली, जीवनशैली र देखिएका कमजोरीलाई समयमा नै सच्याउनुपर्नेमा जोड दिनुभयो । गलत तरिकाले आम नागरिकलाई गलत सूचनामार्फत भ्रम पारेर संघीय लोकतान्त्रिक गणतन्त्रको उन्नत शासन प्रणालीलाई नकारात्मक रुपमा प्रस्तुत गर्ने कुरालाई सबैले सामूहिक रूपमा जवाफ दिन जरुरी रहेको उहाँको भनाइ छ ।
उहाँले अर्थतन्त्रमा देखिएका सबैखाले समस्या समाधानका लागि सरकार गम्भीर रहेको बताउनुभयो । सरकारले चालेका कदमका कारण ब्याजदर घट्दो क्रममा रहेकाले लगानी बढ्ने अपेक्षा सरकारले रहेको उहाँको भनाइ छ ।
