
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता
काठमाडौं, मंसिर १२
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र प्रमुख प्रतिपक्षी दलका नेता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारस्थित दुई नेताबीच भेटवार्ता भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । आज (मंगलवार) अपराह्न सिंहदरबारमा दुवै नेताबीच भेटवार्ता भएको हो । भेटवार्ताको कुराकानीबारे भने सचिवालयले केही उल्लेख गरेको छैन ।
प्रधानमन्त्री प्रचण्ड वलवायु परिवर्तको २८औं सम्मेलन (कोप२८)मा सहभागी हुन बुधवार दुबईतर्फ जाँदै हुनुहुन्छ भने एमाले अध्यक्ष ओली आजै (मंगलवार) सुदूरपश्चिम जाँदै हुनुहुन्छ ।
