
एकैपटकमा ७१ सहसचिवकाे सरूवा, काे कता ?
लामाे समयपछि एकै पटक ७१ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले ७१ जना सहसचिवकाे सरूवा गरेको हाे । सरकारले विभिन्न कार्यालयमा कार्यरत सहसचिवको सरुवा गरेको सङ्घीय मामिला मन्त्रालय श्राेतले मुलखबरलाई बतायाे ।
मन्त्रालयका अनुसार प्राय सबै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यलयमा सचिव सरूवा भएका छन् । उपमहानगरपालिका, विभिन्न प्रदेशका मन्त्रालय र सङ्घीय सरकारका विभिन्न मन्त्रालय तथा अन्तर्गत निकायमा कार्यरत सहसचिवको पनि सरुवा भएको छ ।
लामाे समयदेखि सहसचिव एकैपटक यति धेरै संख्यामा सरूवा गरिएको थिएन ।
