
भूकम्प पीडितसँग दुःख साटिरहेका माओवादी, यसरी भैरहेको छ फिल्डमा काम
नेकपा (माओवादी केन्द्र)ले भूकम्पप्रभावित क्षेत्रमा स्वयंसेवक परिचालन गरिरहेको छ। माओवादी केन्द्र कर्णालीको निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिएका स्वयंसेवकले भूकम्पपीडितका अस्थायी आवास तथा पुनःनिर्माणमा सहयोग गरिरहेका छन्।
भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका १ सय ५ वडा प्रभावित भएका थिए। ती सबै वडामा वडामा माओवादीको तर्फबाट २१ जनाको टोली सक्रिय छ।
नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन दुई सय नेता, कार्यकर्ताहरू यतिबेला जाजरकोटस्थित भूकम्प प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुर्न निर्माणमा खटिएका हुन् ।
अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहको नेतृत्वमा रहेको उक्त टोली अहिले जाजरकोट भेरी नगरपालिका–१ रिम्ना क्षेत्रमा खटिएको छ । कार्तिक १७ गते गएको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १५४ जनाको मृत्यु भएको थियो ।
पुन: निर्माणको काम अघि बढ्न नसकेपछि माओवादी केन्द्र प्रभावित क्षेत्रमा भत्किएका घरहरुको व्यवस्थापन तथा पुन: निर्माणमा खटिएको छ ।
