छठ पर्वले ल्याएको रौनक, यस्तो देखियो काठमाडौंसहितका स्थानमा दृष्य

मूलखबर संवाददाता
काठमाडौं

छठ पर्वलाई निकै कठिन पर्व मानिन्छ। सूर्य र जलको शक्ति तथा महत्त्व झल्काउने यस पर्वमा सफा र चोखो हुनुपर्ने तथा शुद्ध खाने कुरा खानुपर्ने मान्यता छ।

छठ पर्वको मुख्य दिन आइतबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको छ । तराई मिथिलाका क्षेत्रका साथै काठमाडौंमा अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइएको हो ।

 छठ पर्वका लागि काठमाडौंको गौरीघाट क्षेत्र, ललितपुरको कुपोण्डोलस्थित वाग्मती नदी किनारसहित क्षेत्रमा भक्तजनको भिड लागेको थियो । कुपोण्डोलस्थित वाग्मती नदी किनारमा कांग्रेस सभापति शेरबहादुर देउवा, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहितले पनि पूजा आरधाना गरेका थिए ।

छठका व्रतालुले कार्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । केही बर्तालुले भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्यपदार्थ नखाई चोखोअर्थात् सात्विक भोजन गरेर बस्छन् ।

ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ ।

जनकपुरको गङ्गासागर, धनुषसागर अनि वीरगन्जको घडीअर्वा पोखरीजस्ता स्थानमा सूर्य देवता र छठी माताको पूजा आराधनाका लागि विशेष साजसज्जा गरिएको छ।