नेसपाले दियाे भुकम्पपीडितलाई १० लाख, बाबुरामले गरे प्रधानमन्त्रीलाई चेक हस्तान्तरण
नेपाल समाजवादी पार्टीले जाजरकोट-रूकुम पश्चिमका भूकम्पपीडितका लागि रू. १० लाख सहयाेग गरेको छ । पार्टीको तर्फबाट अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साे रकम बराबरको चेक हस्तान्तरण गर्नुभएको हाे ।
पत्नी तथा पुर्व मन्त्री हिसिला यमी र पार्टी नेताहरूसहित बालुवाटार पुगेका पुर्व प्रधानमन्त्री डा. भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई बालुवाटारमा साेमबार विहान चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरणपछि फेसबुकमा फाेटाे र स्टाटस पाेष्ट गर्दै डा. भट्टराईले प्रभावित क्षेत्रमा जनतालाई तत्काल राहत र अस्थायी आवासको व्यवस्था राज्यका सबै अंग र तह परिचालित गरी अझै छिटो र प्रभावकारी रूपमा गर्न आग्रह गरेका छन् ।