अनन्तले दिए विष्णु पाैडेललाई जवाफ : आफैं उपप्रधानमन्त्री भएको बेलाकाे निर्णय नमान्ने ?

मूलखबर संवाददाता
काठमाडौं, १६ कात्तिक

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनयुद्ध दिवसको दिन विदा दिने निर्णय एमाले समेत सहभागी सरकारले गरेको बताएका छन् । संसदकाे बैठकमा बाेल्दै सांसदतथा पुर्व मन्त्रीसमेत रहेका नेता अनन्तले विष्णु पाैडेल उपप्रधानमन्त्री भएको बेला नै साे निर्णय भएको स्मरण गराएका थिए ।

संघीय संसदको चालू अधिवेशनको अन्त्य हुनु अगाडि प्रतिनिधि सभामा सदनको कामकारबाहीको विषयमाथि धारणा राख्ने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले जनयुद्ध सुरू भएको दिनलाई उत्सवका रुपमा लिन नसकिने बताएका थिए। जनयुद्ध दिवसका दिन सार्वजनिक विदा दिने निर्णय फिर्ता लिन उनको आग्रह थियाे । फिर्ता लिन नसके सदनमा प्रस्ताव ल्याउन उनले चुनौती दिए ।

जवाफमा माओवादीका उपमहासचिव पुनले एमाले समेत सहभागी सरकारले जनयुद्ध दिवस मनाउने निर्णय गरेको स्मरण गराउँदै पाैडेललाई काउन्टर दिएका थिए । उनलेे भने । ‘जनयुद्ध दिवसको बारेमा म स्मरण गराउन चाहन्छु -माघ १९ गते त्यो निर्णय भएको रहेछ । पूर्व वक्ता (विष्णु पौडेल) माननीय ज्यू उपप्रधानमन्त्री हुनुहुँदो रहेछ । त्यही मन्त्रिपरिषदले निर्णय गरेको रहेछ’