कोशी प्रकरणले चिरिएको कांग्रेस, शेखर शक्तिशाली बने कि थप कमजोर !
वर्तमान सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिँदै आएका कांग्रेस नेता शेखर कोइरालाले कोशी प्रदेशमा पार्टीविरुद्ध विद्रोह गरे। कोशीमा ८ सांसदले विद्रोह गर्दै एमालेको समर्थनमा सरकार बनाएपछि नेपाली कांग्रेसमा स्पष्ट तीन धार देखिन थालेका छन् । यसअघि संस्थापन पक्षको नेतृत्व सभापति शेरबहादुर देउवा र इतर पक्षको नेतृत्व डा. शेखर कोइरालाले गर्दै आएका थिए ।
पार्टी संस्थापनले आफूलाई बेवास्ता गर्दै गठबन्धनका तर्फबाट माओवादी सांसदलाई मुख्यमन्त्रीका रूपमा अगाडि सारेपछि कोशीमा शेखर पक्षले विद्रोह गरेको छ । यो विद्रोहमा शेखर पक्ष पनि एक ठाउँमा उभिन सकेन ।
शेखरकै टीमबाट महामन्त्री जिते पनि गगन थापा कोशीको मामिलामा उनीसँग भएनन् । अर्का महामन्त्री आफ्नै प्रदेशमा भएको यो विद्रोहप्रति खुलेरै विरोधमा देखिए, जसको परिणाम अब कांग्रेसमा तत्काल संस्थापन (देउवा), शेखर र गगन–विश्व समूह सतहमा देखिएका छन् ।
शेखर पक्षको कदमको विरोध गर्दैगर्दा गगन र विश्व संस्थापननिकट पनि देखिएका छैनन् । बरु दुवैले दुवै (देउवा र शेखर)को विरोध गरेका छन् ।
पार्टीमा पर्याप्त छलफल नगरी सभापतिले माओवादीका इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अगाडि सारेको र मिलाउन सकिने ठाउँ हुँदाहुँदै आपसी परामर्श नै नगरी शेखर विपक्षी एमालेसँग मिलेको भन्दै गगन–विश्वले दुवैप्रति असमझदारी देखाएका हुन् ।
१५औं महाधिवेशनमा फेरि पनि शेखर टीमको नेता रहँदै सभापतिमा अगाडि बढ्ने तयारीबाट पछाडि हटिसकेका छैनन् । सँगै गगन र विश्व पनि आफूहरू अब परम्परागत राजनीतिबाट माथि उठ्दै पार्टीमा दीर्घकालीन हस्तक्षेप हुने गरी काम गर्ने मनस्थितिमा छन् ।
शेखर बलियो कि थप कमजोर
पार्टीभित्र चौतर्फी घेराबन्दीमा परेपछि कोइरालाले एक्लै आँट गरेका थिए । त्यसको नतिजा कोशी प्रदेशसमा सर्वसहमति नजिकको सरकार बन्न पुग्यो । बुधबार कार्कीले विश्वासको मत पाए । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ८६ र विपक्षमा ५ मत पर्यो । कोइरालाले विद्रोह गर्दा प्रतिपक्षी दल एमालेको साथ लिएका थिए ।
१४औँ महाधिवेशनमा सभापति देउवासँग पराजित शेखर १५औँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने तयारीका साथ गतिविधि गरिरहेका छन् । कोशी प्रदेशमा २९ सांसद रहेकोमा ८ सांसदबाट विद्रोह गर्न आँट शेखरले गरेका थिए ।
शेखरको विद्रोहपछि असोज २७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र कोइरालाबीच सहमति भयो- वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ भन्ने । शेखरले गठबन्धनप्रति दृढ रहने भनेर गरेको सहमति शुक्रबार नै भएको स्रोतले बतायो । कोशीमा मुख्यमन्त्री नियुक्त भएपछि मात्र सहमति सार्वजनिक गर्ने निर्णयमा शीर्ष नेता पुगेका थिए ।
कोशी प्रदेशमा ‘विद्रोह’ गर्दा नेपाली कांग्रेसको संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले राज्यसत्ता र पार्टी सत्ताको सामना गर्नुपरेको थियो । त्यतिबेलासम्म सभापति शेरबहादुर देउवाको प्रवृत्ति थियो- अरुसँग सल्लाह नगर्ने । कोशी प्रदेशमा पार्टीको निर्णयविपरीत केदार कार्कीलाई मुख्यमन्त्रीको दाबी गर्दा शेखरको साथमा ८ कांग्रेस प्रदेश सांसद थिए ।
चौतर्फी घेराबन्दीमा परेपछि कोइरालाले एक्लै आँट गरेका थिए । त्यसको नतिजा कोशी प्रदेशसमा सर्वसहमति नजिकको सरकार बन्न पुग्यो । बुधबार कार्कीले विश्वासको मत पाए । ९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतको पक्षमा ८६ र विपक्षमा ५ मत पर्यो । कोइरालाले विद्रोह गर्दा प्रतिपक्षी दल एमालेको साथ लिएका थिए ।
१४औँ महाधिवेशनमा सभापति देउवासँग पराजित शेखर १५औँ महाधिवेशनमा पनि उम्मेदवार बन्ने तयारीका साथ गतिविधि गरिरहेका छन् । कोशी प्रदेशमा २९ सांसद रहेकोमा ८ सांसदबाट विद्रोह गर्न आँट शेखरले गरेका थिए ।
शेखरको विद्रोहपछि असोज २७ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभापति शेरबहादुर देउवा र कोइरालाबीच सहमति भयो- वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ, र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ भन्ने । शेखरले गठबन्धनप्रति दृढ रहने भनेर गरेको सहमति शुक्रबार नै भएको स्रोतले बतायो । कोशीमा मुख्यमन्त्री नियुक्त भएपछि मात्र सहमति सार्वजनिक गर्ने निर्णयमा शीर्ष नेता पुगेका थिए ।
कोशी घटनाले शेखर र महामन्त्री गगन थापाबीच दूरी बढाएको छ । केही समयअघिदेखि नै उनीहरूबीच औपचारिकबाहेक संवादहीनताको अवस्था थियो । कोशीमा सरकार गठनको कदम चाल्दा कोइरालाले महामन्त्री थापासँग छलफलसमेत गरेनन् । यसबाट थापा थप चिढिएका छन् ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार निर्माण गर्दाको अवस्था बारे कोइरालाले प्रस्ट पार्नुपर्ने बताएका छन् । ‘कोशीमा विकसित घटनाक्रमबारे नेता शेखर कोइरालाप्रति आशंका हो भने उहाँले नै वक्तव्य दिने कुरा हुन्थ्यो होला,’ महामन्त्री शर्माले असोज २९ को पदाधिकारी बैठकपछि भने ।
कोशी सरकार गठन गर्न कांग्रेस नेता मिनेन्द्र रिजालको भूमिका शेखरलाई सघाउने थियो । उनले पार्टीलाई एकताबद्ध बनाउने प्रयास कोशीमा भएको बताए । कोशीमा कांग्रेसले पछि मात्र कार्कीलाई विश्वासको मत दिने निर्णय गरेको थियो ।
कोशी प्रकरणमा शेखरले आफ्नै समूहमा रहेको महामन्त्री थापा र आउन लागेका महामन्त्री शर्माको विश्वास जित्न नसकेको आरोप छ । यसबारे उनी निकट एक नेता भन्छन्, ‘गगन–विश्व फोबिया पनि लागेजस्तो देखिन्छ । सबै विषयमा सबैसँग एकै विचार र सहमति हुन्छ भन्ने छैन ।’
कोशी प्रकरणपछि शेखर गगन टाढिन लागेजस्तो देखिन्छ ।
कोशी प्रदेशको राजनीतिक दाउपेचले कांग्रेस संस्थापन इतर नेता शेखर कोइरालाको राजनीतिक खास बढ्यो कि घट्यो ? यो विश्लेषणको अर्को महत्त्वपूर्ण पाटो हो । पार्टी निर्णय नमानेको र पार्टीं निर्णय विपरित एमालेसँग गठबन्धन गरेको विषयलाई उनले कसरी परिभाषित गर्छन् ? के उनी पार्टीभन्दा माथि छन् ? भोलि अरु कसैले यस्तै काम गरे उनको दृष्टिकोण के हुने छ ? यो प्रश्नको सामना कोइरालाले गर्नै पर्नेछ ।
कोइरालाको यस्तो कदम ‘विद्रोह’ हो कि ‘राजनीतिक बेइमानी’ ? प्रश्न धेरै उठेका छन् ।