यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
कोरियामा नेपाली श्रमीकलाई यातना, एक युवाले गरे आत्महत्या. मूलखबर संवाददाता काठमाडौं, १५ फागुन । नेपाली युवाहरुको मुख्य रोजाईमा पर्ने कोरियामा नेपाली युवाहरुमाथि यातना दिइएको खबर आएको एक हप्ता नवित्दै एक युवाले आतमहत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसी पुन मगर शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन् ।. माग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मगर दक्षिण कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा काम गर्थे । उनी ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीले रोजगारदाता र सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको दाबी गरेका छन् ।. घटनाको केही दिनअघि मात्र मगरसहित ६ नेपाली श्रमिकले आफूहरूमाथि कुटपिट भइरहेको भन्दै उद्धारका लागि भिडियोमार्फत अपिल गरेका थिए । भिडियोमा लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको बताएका थिए ।. ‘म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकें । एक्लाएक्लै सीसी क्यामरा नभएको ठाउँमा लगेर कुट्छ,’ लालबहादुरले भिडियोमा अपिल गरेका थिए, ‘त्यही भएर म यो कम्पनीमा बस्न चाहन्नँ । दैनिक यातना दिन्छ ।’ भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए । ‘हाम्रो समस्या एउटै हो । हामीलाई उद्धार गर्नुहोला,’ तुलसीले भनेका थिए । तर, उनी न कम्पनी छाडेर बाहिर निस्कने सके न नेपाल नै फर्कन सके । आत्महत्याको बाटो रोज्न पुगे । यो खबर कान्तिपुरमा होम कार्कीले लेखेका छन् ।.
कोरियामा नेपाली श्रमीकलाई यातना, एक युवाले गरे आत्महत्या
मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन ।
नेपाली युवाहरुको मुख्य रोजाईमा पर्ने कोरियामा नेपाली युवाहरुमाथि यातना दिइएको खबर आएको एक हप्ता नवित्दै एक युवाले आतमहत्या गरेका छन् । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कृषि क्षेत्रमा काम गर्न दक्षिण कोरिया पुगेका तुलसी पुन मगर शुक्रबार राति मृत अवस्थामा फेला परेका हुन् ।
माग्दीको मालिका गाउँपालिका–१ निस्कोटका मगर दक्षिण कोरियाको छल्लानाम्दो याङामगुनस्थित नान उसङ बंगुर फार्ममा काम गर्थे । उनी ६ महिना अगाडि मात्रै कोरिया पुगेका थिए । उनका सहकर्मीले रोजगारदाता र सुपरभाइजरबाट निरन्तर भइरहेको यातना सहन नसकेर मगरले आत्महत्या गरेको दाबी गरेका छन् ।
घटनाको केही दिनअघि मात्र मगरसहित ६ नेपाली श्रमिकले आफूहरूमाथि कुटपिट भइरहेको भन्दै उद्धारका लागि भिडियोमार्फत अपिल गरेका थिए । भिडियोमा लालबहादुर तामाङ, प्रेमबहादुर तामाङ, रुकबहादुर सिंह, सुरेन्द्र थिङ, घनश्याम घिमिरे र तुलसी पुन मगरले आफूहरूमाथि यातना भइरहेकाले बंगुर फर्मबाट बाहिर निस्कन चाहेको बताएका थिए ।
‘म यहाँ आएको दुई महिना नपुग्दै चार पटक कुटाइ खाइसकें । एक्लाएक्लै सीसी क्यामरा नभएको ठाउँमा लगेर कुट्छ,’ लालबहादुरले भिडियोमा अपिल गरेका थिए, ‘त्यही भएर म यो कम्पनीमा बस्न चाहन्नँ । दैनिक यातना दिन्छ ।’ भिडियोमा तुलसीले पनि आफूमाथि कुटपिट भइरहेको बताएका थिए । ‘हाम्रो समस्या एउटै हो । हामीलाई उद्धार गर्नुहोला,’ तुलसीले भनेका थिए । तर, उनी न कम्पनी छाडेर बाहिर निस्कने सके न नेपाल नै फर्कन सके । आत्महत्याको बाटो रोज्न पुगे । यो खबर कान्तिपुरमा होम कार्कीले लेखेका छन् ।