प्रेस सेन्टरद्वारा सामाजिक सञ्जाल विधेयकविरूद्व प्रदर्शन

मूलखबर संवाददाता
काठमाडौं, १५ फागुन

प्रेस सेन्टर नेपालले सरकारले राष्ट्रिय सभामा दर्ता गरेकाे सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग गरेकाे छ ।

संगठनकाे प्रतिष्ठान प्रदेश समितिकाे आयाेजनामा बिहीबार विराेध प्रदर्शन भएको हाे ।

बबरमहलबाट र्‍याली सहित उनीहरू माइतीघर मण्डला पुगेका थिए । राष्ट्रियसभामा पेस भएको सामाजिक सञ्जाल विधेयक २०८१ र मिडिया काउन्सिल विधेयक २०८० फिर्ता लिनु पर्ने माग राख्दै विरोध प्रदर्शनी गरिएको हो ।

प्रदर्शनपछि माइतीघरमा भएको काेणसभामा संगठनका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद सापकोटा जुगलले सरकारले नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रता हनन गर्ने सरकारकाे नियत देखिएकाेले तत्काल फिर्ता लिन र सराेकारवालाहरूसँग परामर्श गरि पुनर्लेखन गर्न माग गरेका थिए । उनले त्यसाे नगरेमा सरकार विरूद्व देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएका थिए ।