
सिन्धुपाल्चोक केन्द्र भएर मध्यरातमा ६.१ रेक्टरकाे भुकम्प, काठमाडौंमा ठूलो धक्का
सिन्धुपाल्चोक केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको छ ।
शुक्रबार विहान २:५१ बजे सिन्धुपाल्चोककाे भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ रेक्टरकाे भुकम्प गएको भुकम्प मापन केन्द्रले पुष्टि गरेको छ ।
भुकम्पकाे धक्का नेपाल, चिन र भारतमा महसुस भएको थियाे । भुकम्पले काठमाडौं उपत्यकामा बसाेवास गर्ने मानिसहरू घर बाहिर निस्केका थिए ।
काठमाडौंवासीको समेत निद्रा खल्बलिने गरी गएको भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोकको भैरवकुण्ड रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भुकम्पबाट के कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।
