इजरायल-प्यालेस्टाइन युद्धः अहिलेसम्मको विवरण- ९ नेपाली घाइते, केहीको अपहरण
प्यालेस्टिनी हमला र त्यसको प्रतिउत्तरमा इजरेलले गरिरहेको कारबाहीका क्रममा गाजा क्षेत्र नजिकै रहेका केही नेपाली नागरिकसमेत घाइते भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। शनिवार बिहानैदेखि इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच लडाइँ जारी छ। सुरुमा हमासले इजरेलमाथि सयौँ रकेटहरू प्रहार गरेपछि उक्त लडाइँ सुरु भएको हो।
शनिवार साँझ एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले १४ जना नेपालीहरू कार्यरत रहेको कृषि फर्म पनि आक्रमणमा परेको जनाएको छ। मन्त्रालयका अनुसार आक्रमणमा परेर ९ जना नेपालीहरू घाइते भएका छन् त्यसमध्ये दुई जनाको अवस्था गम्भीर छ।
तेल अभिभमा रहेको नेपाली दूतावास आक्रमणमा परेका क्षेत्रमा बसोबास गर्ने नेपालीहरूसँग नजिकको सम्पर्कमा रहेको बताइएको मन्त्रालयले जनाएको। “घाइतेहरूको औषधोपचार, उद्धार र सुरक्षाका लागि नेपाली दूतावासले इजरेली अधिकारीहरूसँग सम्पर्क र समन्वय गरिरहेको छ,” मन्त्रालयले वक्तव्यमा भनेको छ।
अहिलेसम्मको विवरणअनुसार, गाजापट्टी लगायत विभिन्न क्षेत्रमा जारी युद्धमा ९ जना नेपाली घाइते भएका छन्। इजरायलको विश्वविद्यालयमा अध्ययनरत कम्तीमा ९ जना नेपाली विद्यार्थी घाइते भएको इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले बताइन्।
इजरायल सरकारको ‘सिक र कमाउ’ कार्यक्रमअन्तर्गत हर्जलियामा पुगेका सात नेपाली विद्यार्थी घाइते भएको हुन्। प्यालेस्टाइनी विद्रोही समूह हमासले बन्धक बनाएकोमा केही नेपालीसमेत रहेको बताइएको छ।
‘उनीहरूलाई हमास सेनाले दक्षिणी इजरायलको अलुमिममा रहेको कृषि फार्ममा थप १० जना नेपाली विद्यार्थीहरूसँग बन्दी बनाएको छ,’ रिजालले भनिन्।
इजरायलको विदेश मन्त्रालय र उद्धार टोलीलाई उक्त अवस्थाबारे जानकारी गराइएको उनले बताएकी छिन्। उनले भनिन्, ‘उनीहरु होस्टेलमा बसेर आफ्नो सुरक्षा गरिरहेका छन्। तीव्र लडाइँका कारण उक्त क्षेत्र पहुँचयोग्य छैन।’
इजरायल नेपाली कामदारहरुको लागि पनि प्रख्यात गन्तव्य हो। इजरायलमा धेरै नेपाली कामदारहरु रोजगारीको लागि पुगेका छन्।
गाजापट्टी लगायत विभिन्न क्षेत्रमा द्वन्द्व चलिरहँदा तेल अविवस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीहरुलाई सतर्क रहन आग्रह गरेको छ। अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्न र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरश: पालना गर्न दूतावासले नेपालीहरुलाई अनुरोध गरेको हो।
दूतावासले अप्ठ्यारोमा परेका नेपाली नागरिकहरुको सहयोग तथा उद्धारका लागि इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरुसँग निरन्तर समन्वय गरिरहेको पनि जनाएको छ।
‘अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरुमा सेयर गरेर अरुलाई त्रसित र प्यानिक नगराउनुहोला,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ।
अप्ठ्यारो परेको अवस्थामा प्रथम सचिव अर्जुन घिमिरेलाई ०५२८२८९३०० र संजय कुमार साहलाई ०५४-५५८२०७७ नम्बरमा सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ।
इजरायली सेनाले आफ्नो नियन्त्रण गुमाएको घोषणा गरेलगत्तै प्यालेस्टाइनीहरू उत्तरी गाजा पट्टीको इरेज तथा बेइट हानौनमा प्रवेश गरेका थिए। तेल अविवमा सडक र समुद्र तटहरू पूर्ण रूपमा खाली गरिएका छन्। इजरायली सेनाले आफ्नो नियन्त्रण गुमाएको घोषणा गरेलगत्तै प्यालेस्टाइनीहरू उत्तरी गाजा पट्टीको इरेज तथा बेइट हानौनमा प्रवेश गरेका थिए।
प्यालेस्टाइनीहरूविरुद्ध इजरायलीहरुले उल्लेखनीय रुपमा हिंसा बढाएपछि पनि यो अवस्था सिर्जना भएको बताइएको छ। संयुक्त राष्ट्रसंघले यस वर्षको पहिलो आठ महिनामा प्रतिदिन हिंसा बढिरहेको बताएको थियो।