एमालेमा संस्थागत भयो गुट, बागमतीमा जिते पनि समग्र एमालेमा हारेका ओली
नेकपा एमालेको बागमती प्रदेश कमिटी अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी कृष्ण दहाललाई पराजित गर्दै ढुंगेल प्रदेश कमिटी अध्यक्षमा विजयी भएका हुन् । ढुंगेलले ६९६ मत प्राप्त गरे दाहालले ४३९ मत प्राप्त गरे।
सहमतिमा नेतृत्व चयन गर्न निर्वाचन कार्यक्रम नै रोकेर लामो कसरत चलेपनि ढुंगेल र दाहालबीच कुरा नमिलेपछि अन्तत: शुक्रबार मतदान भएको थियो । शुक्रबार साँझ सकिएको मतदानको मतगणना मध्यरातमा सकिँदा उनी भारी मतका साथ विजयी भएका हुन् । निर्वाचन समितिले ढुंगेललाई विजयी भएको घोषणा औपचारिक रुपमा गर्दैछ । ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।
काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित भएका छन् । प्रतिस्पर्धी कृष्ण दाहाललाई पराजित गर्दै ढुंगेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित ढुंगेलले ६९६ मत पाए । उनका प्रतिस्पर्धी दाहालले ४३९ मत पाए । प्रदेश उपाध्यक्षमा दावा दोर्जे लामा निर्वाचित भए । उनले ६१५ मत पाए । यस्तै, सचिवमा नवराज सिलवालले एक मतले बाजी मारे । सिलवालले ५६८ र हस्त पण्डितले ५६७ मत पाएका छन् ।
उपसचिवमा खुलातर्फ प्रेमबहादुर महर्जन र महिलातर्फ भक्तकुमारी लामाले जिते । महर्जनले ३६७ सहित जित निकाल्दा र लामाले ५९९ मत पाएर जितिन् ।
बागमतीमा गुटले जिते पनि हारिरहेका ओली
भदौ तेस्रो साता नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दा सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा अध्यक्ष ओली थिए। तर, एमालेमा ओलीको जोर चलेन र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा मैदानमा देखियो। लुम्बिनीको अधिवेशन उद्घाटन सत्रमा ओलीले भनेका थिए, ‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस्। लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं। एउटा पद नहुँदैमा केही बिग्रिँदैन। नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानैपर्छ। तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ।’
ओलीको बोलीलाई नै विधिविधान मान्ने नेकपा एमालेमा विस्तारै ओलीको आदेश अस्वीकार गर्दै नेताहरु मैदानमा होमिन थालेका छन्।
लम्बिनीको अधिवेशनमा निर्वाचन रोक्न ओलीले उपाध्यक्ष पौडेल र महासचिव पोखरेललाई बोलाएर सहमतिका लागि दबाब दिएका थिए। तर, ओलीको दबाबको केही जोर चलेन र राष्ट्रपति भण्डारी खेमाका मानिने उपाध्यक्ष पौडेल समूहका राधाकृष्ण कँडेल प्रदेश अध्यक्षमा विजयी भए। महासचिव शंकर पोखरेल समूहका हरि रिजालले हार व्यहोरे।
लुम्बिनीको निर्वाचनले ओलीलाई ठूलो धक्का लाग्यो। त्यसपछि उनले आफूलाई कमजोर महसुस गरेको उनका अभिव्यक्तिबाट देखिन्छ। लुम्बिनी अधिवेशनको करिब दुई सातापछि बाल दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा ओलीले भने, ‘मैले २० वर्ष त सक्रिय रहने विचार गरेको छु, अझै। तर २० वर्ष सक्रिय रहनुको अर्थ म २० वर्षै देश र पार्टीको नेतृत्व गर्छु भनेको होइन। नेतृत्व गर्नेहरूलाई सहयोग गर्छु सक्रिय रहेर।’
यद्यपि २०७६ भदौ ४ गते आयोजित एक कार्यक्रममा भने ओलीले आफू अझै १५ वर्ष अखडामा रहने र पार्टीको नेतृत्व गर्ने दाबी गरेका थिए। यसरी पार्टीको अध्यक्ष आफू नै बन्नुपर्छ, नत्र पार्टी सकिन्छ भनेर दाबी गर्ने ओलीले आफू सक्रिय नरहने अभिव्यक्ति दिनु नै उनको कमजोर राजनीतिक यात्रा सुरु भएको विश्लेषण भइरहेको छ।
चितवन महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका भीम रावललाई संसदीय निर्वाचनको टिकटसमेत नदिएका ओली अहिले चलिरहेको प्रदेश अधिवेशनमा भने निरीहजस्तै देखिएका छन्। लुम्बिनीमा प्यानल नै बनाएर निर्वाचन भएको मन नपराएका ओलीले सोही हविगत बागमती प्रदेश अधिवेशनमा देखेका छन्।
ओलीले निर्वाचनमा उम्मेदवार दिनेलाई चेतावनी दिँदै भनेका थिए, ‘प्रतिष्पर्धा गरौं, तर प्यानल बनाइएको थाहा भयो भने प्यानल नै खारेज हुन्छ। अध्यक्ष मण्डलले त्यो अधिकारसहित काम गर्नुहोस्। दुई फ्याकमा बाँड्ने अभ्यास नगरौं।’ लुम्बिनी प्रदेश अधिवेशनबाट हौसिएका नेताहरुले भने बागमतीमा निर्वाचन रोक्न सक्ने ओलीको निर्देशनलाई बेवास्ता गरिदिए।
बागमतीमा पनि ओलीको बोलीलाई अस्वीकार गर्दै चुनाव भयो र नेताहरूले आफ्ना प्यानलमार्फत नेता जिताउन भरमग्दूर प्रयास गरे। भलै बागमतीमा ओलीले आफ्ना उम्मेद्वार जिताएका छन्। तर समग्रमा ओलीले हारेका छन्।
ओलीको बोलीलाई नै विधिविधान मान्ने नेकपा एमालेमा विस्तारै ओलीको आदेश अस्वीकार गर्दै नेताहरु मैदानमा होमिन थालेका छन्। अर्कोतिर वरिष्ठ उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली लगायतले पूर्वराष्ट्रपति भण्डारीको आडमा ओलीविरुद्ध प्रतिस्पर्धा गर्न टिम तयार गरिरहेको देखिन्छ। ओली समग्रमा खेल हार्दै छन्।