
संविधान दिवसको अवसरमा ६७० जना कैदीको सजाय माफी
राष्ट्रपति रामचन्द्र पौडेलले ६७० जना कैदको भुक्तान हुन बाँकी कैद कट्टा गरी सजाय माफी गरेका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति पौडेलले मंगलबार ६७० जना कैदको सजाय माफी गरेका हुन् ।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिस अनुसार बुधबारदेखि लागू हुनेगरी उनीहरुको कैदको सजाय माफी गरेको उल्लेख गरेकी छन् ।
राष्ट्रपति पौडेलले भीमबहादुर खवास, हर्कबहादुर लिम्बु र समदिन मियाँसहित ६७० जना कैदीहरूको कैद सजाय माफी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
