नीति कार्यक्रम राष्ट्रिय सहमतिकाे साझा दस्तावेज बनेकाे छ : प्रधानमन्त्री प्रचण्ड
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएको नीति कार्यक्रम राष्ट्रिय सहमतिकाे नीति कार्यक्रम भएको बताउनुभएको छ ।
सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गर्दै माओवादी केन्द्रका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम भएको बताउनुभएकाे हाे ।
उहाँले भन्नुभयाे, ‘यो विकसित र परिमार्जन भएर आएको छ। १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ। अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो। यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो।’
सरकारले बिहीबार सरकारकाे प्राथमिकता र नीति तथा कार्यक्रम सार्वजनिक गरेको थियाे ।