लमजुङमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङबीच प्रतिस्पर्धा, देव गुरूङकाे पक्षमा जनमत
आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा लमजुङमा दुई ुहेभिवेटु उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । पाँच दलीय सत्ता गठबन्धनले माओवादी केन्द्रका महासचिव देव गुरुङलाई लमजुङबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ भने नेकपा एमालेले पार्टीका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई यो क्षेत्रबाट मैदानमा उतारेको छ । यी दुवै नेताको केन्द्रमा राम्रो पहुँच हुनुले पनि लमजुङमा यसपटक यी दुई उम्मेदवार बीच कडा टक्टर हुने देखिन्छ । तर, पाँच दलीय सत्ता गठबन्धनको पनि समर्थन पाएका देव गुरुङ भने चुनावी अंकगणितमा पृथ्वीसुब्बाभन्दा अगाडि देखिन्छन् ।
देव गुरुङ २०७४ को प्रतिनिधिसभा निर्वाचनमा पनि लमजुङबाटै निर्वाचित भएका थिए । त्यसबेला प्रदेशसभातर्फका उम्मेदवार बनेका पृथ्वीसुब्बा गुरुङ गण्डकी प्रदेशको मुख्यमन्त्री बने । यसपटक एमालेले पृथ्वीवसुब्बालाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ ।२०७४ मा गुरुङ वाम गठबन्धनबाट माओवादी र एमालेका साझा उम्मेदवार थिए । देव गुरुङले त्यसबेला ३९ हजार ४६८ मत पाउँदै विजयी भएका थिए । उक्त चुनावमा नेपाली काङ्ग्रेसले ३१ हजार ३४ मत पाएको थियो । देव गुरुङले ८४३४ मतान्तरले जित निकालेका थिए ।
अहिले वाम गठबन्धन टुटीसकेको छ । एमाले फुटेर एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियान सक्रिय छ । यस्तो अवस्थामा पृथ्वीसुब्बा गुरुङलाई चुनाव जित्न सहज छैन । त्यसमाथि देव गुरुङले नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलको साथ पाएका छन् । जसका कारण लमजुङमा उनी बलिया उम्मेदवार बनेका छन् ।
सांसद बनेपछि आफूले लमजुङमा विकास निर्माणका क्षेत्रमा धेरै काम गरेकाले चुनाव जित्नेमा ढुक्क रहेको देव गुरुङ बताउँछन् । माओवादी र गठबन्धनले संविधानको रक्षा गरेको र व्यवस्था बचाएकोलाई उनी आफ्नो जितको थप कारण मान्छन् ।
यसरी हेर्दा अघिल्लो पटकको एमालेको जनमत पूर्णरूपमा पृथ्वीसुब्बाको पक्षमा जाने देखिँदैन । एमाले फुटेर बनेको मत देव गुरुङको पक्षमा जाने देखिन्छ । त्यसमा कांग्रेसको मत समेत थपिँदा देव गुरुङको पक्षमा माहोल बनेको लमजुङका माओवादी नेताहरू बताउँछन् ।जनताको माझमा देव गुरुङ लोकप्रीय छन् । त्यस्तै पार्टीदेखि केन्द्रीय सत्तासम्म उनको राम्रो पहुँच रहेकाले उनको पक्षमा माहोल बनेको जिल्लाका नागरिक अगुवाहरू बताउँछन् । रष्ट्रियताको पक्षमा देव गुरुङले राखेको अडान, आर्थिक रूपमा निर्विवाद, स्वच्छ छवि भएकाले पनि देव गुरुङप्रति मतदाताको सहानुभूति रहेको छ ।
उता गण्डकी प्रदेशमा एमालेभित्र ठूलो अन्तर्विरोध छ । एमालेले पार्टीभित्रकै अन्तर्विरोधका कारण पोखरा उपमहानगरपालिकाको मेयरमा पराजय व्यहोरेको टिप्पणी हुँदै आएको छ । एमालेमा खासगरी पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीबीच गण्डकीमा अस्वस्थ प्रतिस्पर्धा रहेको देखिन्छ ।त्यस्तै पृथ्वीसुब्बा गुरुङ पुनः प्रदेशसभातर्फ प्रतिस्पर्धा गर्ने मनस्थितिमा थिए । प्रदेशसभामा चुनाव लडेर पुनः एकपटक मुख्यमन्त्री हुने उनको रहरलाई रोक्दै एमालेले उनलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएर खगराज अधिकारीलाई प्रदेशसभाको टिकट दिएको छ । एमालेले खुला रूपमा नबताए पनि अधिकारी मुख्यमन्त्री हुने उद्देश्यका साथ प्रदेशसभामा लडेका हुन् ।जसका कारण पृथ्वीसुब्बाले अपेक्षा गरेअनुसार प्रदेशसभामा लड्न नपाएकाले खासै सन्तुष्ट छैनन् । त्यस्तै गुटगत अस्वस्थ प्रतिस्पर्धाले उनलाई यसपटक पिरोल्न सक्ने एमालेकै जिल्ला नेताहरू बताउँछन् ।
स्थानीय निर्वाचनको परिणाम
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको मत परिणामलाई विश्लेषण गर्दा देव गुरुङ पृथ्वीसुब्बा गुरुङभन्दा अगाडि रहेको देखिन्छ । लमजुङमा आठ वटा स्थानीय तह छन् । त्यसमध्ये चार वटा नगरपालिका र चार वटा गाउँपालिका छन् ।लमजुङमा राइनास नगरपालिका, बेसीशहर नगरपालिका, मध्यनेपाल नगरपालिका, सुन्दरबजार नगरपालिका, मर्स्याङ्दी गाउँपालिका, दोर्दी गाउँपालिका, दूधपोखरी गाउँपालिका र क्वहोलासोथार गाउँपालिका पर्छन् । यी स्थानीय तहका कुल वडा संख्या ७५ छ ।गत स्थानीय निर्वाचनमा लमजुङका स्थानीय तहमध्ये तीन नगरपालिका र एक गाउँपालिकाको प्रमुखमा गठबन्धनका उम्मेदवार विजयी भएका थिए । त्यस्तै एमालेले एक नगरपालिका र तीन गाउँपालिकामा प्रमुख जितको थियो ।
गठबन्धनले सुन्दरबजार नगरपालिका, मध्यनेपाल नगरपालिका, राईनास नगरपालिकाको मेयर र दूधपोखरी गाउँपालिकाको अध्यक्ष जितेको छ । एमालेले भने मर्स्याङ्दी गाउँपालिका, क्व्होलासोथार गाउँपालिका, बेसीशहर नगरपालिका र दोर्दी गाउँपालिकाको अध्यक्षरमेयर जितेको छ ।एमालेले जितेका पदहरूमा निकै कम मतान्तरले गठबन्धन पराजित भएको थियो । गठबन्धनको पक्षमा आएको १८ प्रतिशतसम्म मत बदर भएकाले पनि आफूहरूले सोचेजस्तो परिणाम नआएको माओवादीका जिल्ला संयोजक लालबहादुर गुरुङ बताउँछन् । यसपटक मतपत्र पनि स्थानीय तहको तुलनामा सजिलो हुने भएकाले मत बदर कम हुने र त्यसको सोझो फाइदा देव गुरुङले पाउने उनको दाबी छ ।
लालबहादुर जिल्लामा गठबन्धन दलहरूबीच राम्रो सम्बन्ध रहेको बताउँछन् । कांग्रेस, माओवादी र एकीकृत समाजवादीको जिल्लामा अन्तर्संघर्ष र अन्तर्विरोध नरहेकाले गठबन्धनको पक्षमा मत जाने उनको विश्लेषण छ । गठबन्धनले लमजुङबाट प्रतिनिधिसभामा माओवादी केन्द्र र दुवै प्रदेशसभामा नेपाली कांग्रेसको उम्मेदवार उठाएको छ,ु लालबहादुर भन्छन्, ुजसले गर्दा कांग्रेसको सबै भोट देव गुरुङ कमरेडले पाउनुहुन्छ । प्रदेशसभामा हाम्रो सबै भोट कांग्रेसलाई जान्छ ।
लमजुङको स्थानीय तहको निर्वाचनमा कहाँ कसको जित ?
सुन्दरबजार नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उपमेयरमा नेकपा एमालेले जित निकालेको थियो । मर्स्याङ्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा पनि एमालेले नै जित निकालेको थियो । क्व्होलासोथार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवैमा एमालेका उम्मेदवार विजयी भएका थिए । मध्यनेपाल नगरपालिकाको मेयरमा नेपाली कांग्रेस उपमेयरमा नेकपा एमालेले जित निकालेको थियो । बेसीशहर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेले जित निकालेको थियो ।
दूधपोखरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी निर्वाचित भएको थियो । राईनास नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी भएको थियो ।दोर्दी गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको थियो ।