संसद बैठक बस्दै, प्रचण्डले सम्वोधन गर्ने, यस्तो छ कार्यसूची

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन ।

प्रतिनिधिसभाको बैठक आज मंगलबार मध्याह्न एक बजे बस्दैछ । आजको बैठकमा प्रमूख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्इक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गनैृ बताइएको छ तर कार्यसूचीमा भने सो विषयलाई राखीएको छैन ।

संसद् सचिवालयलका अनुसार बैठकको सम्भावित कार्यसूचीमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उपभोक्ता अदालतको गठनसम्बन्धी सूचना टेबुल गर्ने रहेको छ ।

यसैगरी बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रियसभामा उत्पत्ति भएको ‘आमसञ्चार परिषद् विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनमाथि सदनमा छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् ।

आजको बैठकमा सो संशोधनमाथि छलफल पनि हुने सचिवालयले जनाएको छ । वनमन्त्री ठकुरीले ‘मोन्ट्रियल प्रोटोकल किगाली संशोधनलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव पनि सभासमक्ष प्रस्तुत गर्ने छन् ।