स्वास्थ्य मन्त्रालयले भन्याे : काठमाडौंवासी मर्निङ वाक नगर्नु

मूलखबर संवाददाता
काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा मर्निङ वाक नगर्न अनुरोध गरेको छ ।

मन्त्रालयले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै केही दिनदेखि मौसममा आएको परिवतनसँगै काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेकाले श्वासप्रश्वासमा कठिनाई लगायत विविध समस्या आउन सक्ने भन्दै सचेत गराएको हो । सकेसम्म घरबाहिर ननिस्कन मन्त्रालयको आग्रह छ ।

मन्त्रालयले घरमै व्यायाम गर्न, अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन, अत्यावश्यक नपरेसम्म सवारीसाधन नचलाउन, कुनै पनि फोहोर नजलाई उचित व्यवस्थापन गर्न तथा धूलोधुवाँ उड्ने खालका पेसा व्यवसाय केही दिनका लागि स्थगित गर्न विज्ञप्तिमार्फत आग्रह गरेको छ ।