यो सामग्री सुन्न प्ले थिच्नुहोस्
1x
प्लेब्याक गति- 0.5
- 0.6
- 0.7
- 0.8
- 0.9
- 1
- 1.1
- 1.2
- 1.3
- 1.5
- 2
सिरहा जेलका ७९७ मध्ये ५१४ बन्दी संक्रमित, स्थिति भयावह. मूलखबर संवाददाता सिरहा, २ असोज । जिल्ला कारागार, सिराहाका अधिकांश कैदीबन्दी मा कोरोना भाइरस कोभिड–१९०को संक्रमण देखिएको छ । कारागारमा रहेका ७९७ कैदीबन्दी र दुई आश्रित बालिकामध्ये ५ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।. हालसम्म ७ जना संक्रमणमुक्त भएका छन् । अधिकांशलाई २६ साउनमा कोरोना संक्रमण पुष्टि भएको कारागारकी निमित्त जेलर बबिता महतोले जानकारी दिएकी छीन् । अधिकांश संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको छ भने संक्रमण नदेखिएका व्यक्तिलाई राख्नका लागि वैकल्पिक स्थानको तयारी भइरहेको छ ।. सिरहा जेलका ५९ जनामा कोरोना संक्रमण, स्थिति भयावह हुने खतरा. उनका अनुसार संक्रमणको मुख्य कारण क्षमताभन्दा बढी कैदीबन्दी देखिएको छ । २५ साउनमा चोरी, जबरजस्तीकरणी र लागूऔषध सम्बन्धी कसूरका चार जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, सिराहाले आदेश दिएको थियो ।. निमित्त जेलर महतोका अनुसार आरोपीहरुको पिसीआर परीक्षणका लागि स्वाब संकलन भए पनि नतिजा आइसकेको थिएन । त्यसैले कारागारभित्रै निर्मित क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ राखिएको भोलिपल्ट उनीहरुमा संक्रमण पुष्टि भएपछि केही दिनमा सम्पर्कमा गएका अन्य व्यक्तिको पनि परीक्षण गरियो । त्यसक्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको महताको भनाइ छ ।. उनीहरुसँग सम्पर्कमा रहेका थपमा पनि कोरोना पुष्टि भयो । परीक्षण गर्दै जाँदा अधिकांश कैदीबन्दी संक्रमित भएको पाइएको महतो बताउँछिन् । ‘क्वारेन्टिनमा रहेका वेला खाना ल्याउने, सफा गर्ने व्यक्तिबाट पनि अन्यमा सरेको हुनसक्छ’, उनी थप्छिन् ।. जिल्ला प्रशासन कार्यालय, सिराहाले भने क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि छिटो संक्रमण फैलिएको हुनसक्ने जनाएको छ । सिराहा कारागारमा डेढ सयभन्दा बढी कैदीबन्दी राख्न समस्या छ । त्यसैले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकै कारण संक्रमण फैलिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलको आशंका छ ।. कारागारको दुराबस्थाबारे जिप्रकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग, काठमाडौंलाई पनि जानकारी गराइसकेको छ । तर व्यवस्थापनबारे कुनै निर्णय भएको छैन ।.
सिरहा जेलका ७९७ मध्ये ५१४ बन्दी संक्रमित, स्थिति भयावह
मूलखबर संवाददाता
सिरहा, २ असोज ।
जिल्ला कारागार, सिराहाका अधिकांश कैदीबन्दीमा कोरोना भाइरस कोभिड–१९०को संक्रमण देखिएको छ । कारागारमा रहेका ७९७ कैदीबन्दी र दुई आश्रित बालिकामध्ये ५ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।
हालसम्म ७ जना संक्रमणमुक्त भएका छन् । अधिकांशलाई २६ साउनमा कोरोना संक्रमण पुष्टि भएको कारागारकी निमित्त जेलर बबिता महतोले जानकारी दिएकी छीन् ।
अधिकांश संक्रमित भएपछि कारागारलाई नै आइसोलेसन बनाइएको छ भने संक्रमण नदेखिएका व्यक्तिलाई राख्नका लागि वैकल्पिक स्थानको तयारी भइरहेको छ ।
सिरहा जेलका ५९ जनामा कोरोना संक्रमण, स्थिति भयावह हुने खतरा
उनका अनुसार संक्रमणको मुख्य कारण क्षमताभन्दा बढी कैदीबन्दी देखिएको छ ।
२५ साउनमा चोरी, जबरजस्तीकरणी र लागूऔषध सम्बन्धी कसूरका चार जना आरोपीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत, सिराहाले आदेश दिएको थियो ।
निमित्त जेलर महतोका अनुसार आरोपीहरुको पिसीआर परीक्षणका लागि स्वाब संकलन भए पनि नतिजा आइसकेको थिएन । त्यसैले कारागारभित्रै निर्मित क्वारेन्टिनमा राखिएको थियो । त्यहाँ राखिएको भोलिपल्ट उनीहरुमा संक्रमण पुष्टि भएपछि केही दिनमा सम्पर्कमा गएका अन्य व्यक्तिको पनि परीक्षण गरियो । त्यसक्रममा थप तीन जनामा संक्रमण पुष्टि भएको महताको भनाइ छ ।
उनीहरुसँग सम्पर्कमा रहेका थपमा पनि कोरोना पुष्टि भयो । परीक्षण गर्दै जाँदा अधिकांश कैदीबन्दी संक्रमित भएको पाइएको महतो बताउँछिन् । ‘क्वारेन्टिनमा रहेका वेला खाना ल्याउने, सफा गर्ने व्यक्तिबाट पनि अन्यमा सरेको हुनसक्छ’, उनी थप्छिन् ।
जिल्ला प्रशासन कार्यालय, सिराहाले भने क्षमताभन्दा बढी कैदीबन्दी भएकाले पनि छिटो संक्रमण फैलिएको हुनसक्ने जनाएको छ । सिराहा कारागारमा डेढ सयभन्दा बढी कैदीबन्दी राख्न समस्या छ । त्यसैले क्षमताभन्दा बढी कैदीबन्दी राखिएकै कारण संक्रमण फैलिएको हुनसक्ने प्रमुख जिल्ला अधिकारी प्रदीप कँडेलको आशंका छ ।
कारागारको दुराबस्थाबारे जिप्रकाले गृह मन्त्रालय र कारागार व्यवस्थापन विभाग, काठमाडौंलाई पनि जानकारी गराइसकेको छ । तर व्यवस्थापनबारे कुनै निर्णय भएको छैन ।