जाजरकोटमा तीन मिनेटमा दुई ठूला भुकम्प, स्थानिय त्रसित, क्षतिको विवरण आउँदै

मूलखबर संवाददाता
काठमाडौं, २२ कात्तिक

गत वर्ष कार्त्तिक १७ गते गएको भुकम्पको पीडा सेलाउन नपाउँदै फेरी शुक्रबार बेलुकी ८:०७ र ८:११ बजेको समयमा जाजरकोट केन्द्रविन्दु बनाई दुई पटक भुकम्प गएको छ ।
शुक्रबार राति ८ः०७ मा ५.२ म्याग्निच्युडको भूकम्प गएको ३ मिनेटमै ५.५ म्याग्निच्युडको अर्को भूकम्प गएको हो ।

भूकम्प कुशे गाउँपालिका पैक केन्द्रबिन्दु भएर गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का सुर्खेत, दैलेख, सल्यान, कालिकोट, चितवन तथा बाग्लुङ लगायतका जिल्लामा महसुस गरिएको छ ।

भूकम्प गएपछि नागरिकहरु सडकमा निस्किएका थिए । बिहीबार साँझ ५ बजेर ४ मिनेटमा दार्चुलामा पनि भूकम्प गएको थियो । भुकम्पबाट जाजरकोटमा केही घरहरु चर्किएका भएतापनि मानवय क्षतीको समाचार नआएको प्रहरीले जनाएको छ ।

जाजरकोटबाट सांसद रहेका पुर्व मन्त्री शत्ति बस्नेतले गत वर्षको भुकम्पको पीडा सेलाउन नपाउँदै फेरी भुकम्पले जाजरकोटलाई त्रसित बनाएको बताएका छन् भनेले सबै जिल्लाबासीहरुलाई सुरक्षित साथ रात विताउन आग्रह गरेका छन् । उनले सरकारलाई औपचारिकता तर्फ होइन प्रभावित सबै कच्चि घरहरु पुनर्निर्माणको काम यथाशीघ्र अगाडी बढाउन अनुरोध पनि गरेका छन् ।