किन एेतिहासिक छ गाेरखा जिल्ला ? पढाैं र शेयर गराैं

मूलखबर संवाददाता
काठमाडौं, २८ कात्तिक
नेपालमा रहेका ७७ जिल्लाहरुमध्ये गोरखा पश्चिमाञ्चल विकास क्षेत्रस गण्डकी अञ्चल अन्तर्गतका ८ जिल्लाहरु र हाल गण्डकी प्रदेशको ११ जिल्ला मध्ये ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्व बोकेको जिल्ला हो।

११ स्थानीय निकाय अर्थात २ नगरपालिका र ९ गाउँपालिका रहेको यस जिल्ला भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ। यो जिल्लाले ३ हजार ६१० वर्ग किलोमिटर क्षेत्रफल ओगटेको छ ।

समुद्र सतहबाट २२८ मिटर देखि ८ हजार १६३ मिटर उचाईमा अवस्थित तथा २७ हजार ०१५ देखि २८ हजार ०१५’ अक्षांश र ८४ हजार ०२७’ देखि ८४ हजार ०५८’ देशान्तरमा फैलिएको यस जिल्लामा उष्ण, सम(शितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ।

राजनैतिक एवं प्रशासनिक दृष्टिकोणले यस जिल्लालाई २ नगरपालिका, ९ गाउपालिका र २ निर्वाचन क्षेत्रमा बिभाजन गरिएको छ।

यस जिल्लाको पूर्व सीमानामा धादिङ जिल्ला र तिव्वत (चीन) पश्चिम सीमानामा तनहुँ, लमजुङ, मनाङ जिल्ला र तिव्वत ९चीन०, उत्तर सीमानामा तिव्वत ९चीन० तथा दक्षिण सीमानामा चितवन, तनहुँ र धादिङ जिल्ला पर्दछन्। वि।स। २०६८, २०११० को जनगणना अनुसार महिला १५ लाख ००२० र पुरुष १२ लाख १ हजार ०४१ गरी गोरखा जिल्लाको जम्मा जनसंख्या २७ लाख १०६१ रहेको छ।

गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा, मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा, कल्छुमन ताल, कालाताल, नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरुमनासलु, हिमालचुली जस्ता हिमचुचराहरु र विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षणहरु हुन् ।

नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजया दशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे ।

लिगलिगकोट माथि विजय भएपछि तुरुन्तै  गोरखा आक्रमण गरी १५ दिन सम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उहाँलाई खासै असर पारेको थिएन ।  भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उहाँको उत्साहलाई बढाईरहेका थिए ।

द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि।सं। १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि.सं १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो ।

तत्कालीन अवस्थामा नेपाल बाईसी, चौबिसी गरी ५२ भन्दा बढी स(साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो भने अर्का तिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो ।

पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिईएको थियो । पिताको शासनकालमा उहाँले राज्य संचालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गनु{भएको थियो । वि.सं १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स(साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए ।

तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौ बनाउनुभयो ।

त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याईपुऱ्याए ।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरु वीर बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पऱ्याएके ठूलो योगदान एवं नेपाल अंग्रेजबीज वि.सं १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए ।

पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले ‘म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासंग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।’ भनेका छन्  भने  बेलायतकी महारानी एलिजवेथ दृतीयाले ‘गोरखा सैनिकले ईतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन्’ भन्नुभएको छ ।

 

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा० गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम (गोरखा) रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदा हुँदै गोरखा भएको मानिन्छ ।

यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँटहरुरखर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो ।

यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिहरेको छ ।