ट्राफिक जरिवानाकोे नयाँ शुल्क शनिवारदेखि लागुु गरिने, न्युनतम ५ सय र बढीमा १५ सयसम्म
काठमाडौं, ३० बैसाख ।
ट्राफिक नियम उल्लंघनको लागि बढाएको जरिवाना आगामी शनिबारदेखि लागू गरिने भएको छ। सवारी नियम उल्लघंन गर्नेहरु दिनहुँ बढ्दै गएको र त्यसलाई न्युनिकरण गर्नका लागि नयाँ नियम ल्याइएको ट्राफिक प्रहरी महाशाखा रामशाहपथले जनाएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार दैनिक २ हजारभन्दा बढी चालक कारबाहीमा पर्ने गरेका छन्।
पहिला न्युनतम ५० रुपैयाँ ट्राफिक जरिवाना थियो भने बढीमा एक हजारसम्म। तर, नयाँ नियम अनुसार न्युनतम ५ सय र बढीमा १५ सयसम्म जरिवाना तोकिएको छ।
५०० जरिवाना हुने कसुरहरू
१ तोकिएको भन्दा बढी मालसामान राखेमा
२ सवारीको वजन हद निर्धारण क्षेत्रमा बढि वजनको सवारी चलाएको
३ सवारीको अन्य भागमा मानिस तथा मालसामान राखेको
४ प्रयोजन बिपरीत सवारी चलाएको
५ हेल्मेट नलगाएको
६ सवारी आवागमनमा बाधा पुरयाएको
७ अरु सवारीलाई खतरा हुने किसिमले सवारी राखेको
८ छतमा यात्रु बोकेको वा राखेको
१००० जरिवाना हुने कसुरहरू
१ सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएको
२ सार्वजानिक स्थानमा बाधा पुग्ने गरी मालसामान वा सवारी राखेमा
३ दुर्घटनामा परेको सवारी तथा यात्रीको हानी नोक्सानी पुयाएको वा सम्पर्कमा नआएको
४ मादक पदार्थ सेवन गरी सवारी चलाएको
५ सवारी चालक अनुमति पत्र प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिएमा
१५०० सम्म जरिवाना हुने कसुरहरू
१ ट्राफिक संकेत वा ईसारा उल्लंघन गरी सवारी चलाएको
२ सवारी अड्याउन निषेध गरिएको ठाउँ वा समयमा सवारी अड्याएको
३ सवारी मोड्न वा ध्वनि संकेत दिन निषेध गरिएको ठाउँमा सवारी मोडेको वा ध्वनि दिएको
४ सडकमा गलत साईड तर्फबाट सवारी चलाएको
५ एकतर्फि सडकमा सो विपरित सवारी चलाएको ।
६ अवस्था ठिक नभएको सवारी चलाएको ।
७ निर्धा्रित गतिभन्दा बढी गतिमा सवारी चलाएको ।
८ राती बत्ती नबाली सवारी चलाएको ।
९ सवारी चलाउन निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाएको ।
१० नम्बर प्लेट नराखी सवारी चलाएको ।
११ सवारीको वजनको हद निर्धारण गरिएको ठाउँमा वजन भन्दा बढी वजनको सवारी चलाएको।
१२ पेटी नबाँधी वा हेलमेट नलगाई सवारी चलाएको ।
१३ सवारीमा बस्ने वा राख्ने मानिस वा मालसामानको हद निर्धारित गरिएकोमा सो हद भन्दा बढी राखी सवारी चलाएको ।
१४ सार्वजनिक सवारीको चालकले यात्री लिन ईन्कार गरेको ।
१५ निर्धारित भाडा दर भन्दा बढी भाडा लिई सवारी चलाएको ।
१६ लापरवाहीका साथ सवारी चलाएको ।
१७ बाटो ईजाजत पत्र नलिई सार्वजनिक सवारी चलाएको ।
१८ सवारी चालक अनुमती पत्र, सवारी दर्ता किताब, सवारी इजाजत पत्र साथमा नराखी सवारी चलाएको ।