एक्कासी जमिनमुनि भासिएकाे गाडी अझै वेपत्ता, भुगर्भविदकाे टाेली पनि फर्कियाे किन ?

मूलखबर संवाददाता
काठमाडौं, २५ बैसाख

सडकमा राेकिएकाे गाडि एक्कासी बेपत्ता भएको एक हप्ता वित्न लाग्दा समेत भेट्न नसकेपछि विभिन्न रहस्यमय अड्कलबाजी भइरहेका छन् ।

साेही स्थान आसपास धेरै पहिले जाेतिरहेकाे हल गाेरू पनि यसरी नै वेपत्ता भएको स्थानीयवासिले बताएका छन् ।

हेटौंडामा अचानक जमिनमुनि गाडी बेपत्ता भएको घटनामा अनुसन्धान गर्न गएको भूगर्भविद्को टोली काठमाडौं फर्किएको छ ।

हेटौंडा उपमहानगरपालिका–१६ र १७ को सिमानामा पर्ने गैरीगाउँमा जमिन भासिएर गत शुक्रबार गाडी बेपत्ता भएपछि खानी तथा भूगर्भ विभागको टोली मंगलबार अध्ययनका लागि घटनास्थल पुगेको थियो । दुई दिनको अध्ययनपश्चात भूगर्भविद्‌को चार सदस्यीय टोली बुधबार काठमाडौं फर्किएको हो ।

नारायण अधिकारीको नेतृत्वमा विभागको टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका विषयमा अध्ययन गरेको थियो । असुरक्षालाई कारण देखाएर दुई दिनदेखि जारी अध्ययन रोकिएको हो ।

नारायण अधिकारीको नेतृत्वमा विभागको टोलीले घटनास्थलको भू-बनोट भूमिगत जलस्रोत, चुम्बकीय क्षेत्र लगायतका विषयमा अध्ययन गरेको थियो । असुरक्षालाई कारण देखाएर दुई दिनदेखि जारी अध्ययन रोकिएको हो ।

अध्ययनले तत्काल यकिन केही पत्ता नलागेको भूगर्भविद् अधिकारीले बताए । ‘यकिन अहिले नै भन्न सक्दैनौं । के चाहिँ भन्न सक्छौं भने, त्यहाँ कुनै हेभी र स्ट्रोङ म्याग्नेटिब फिट भएको वस्तु चाहिँ देखिन्छ,’ अधिकारीले भने ।

टोलीले चुम्बकीय वस्तु पत्ता लगाउन म्याग्नेटोमिटर प्रयोग अध्ययन गरेको थियो । भूगर्भविद् अधिकारीका अनुसार जमिनमुनि ठूलो र बलियो चुम्बकीय वस्तु रहेको अनुमान गरे पनि कति गहिराइमा छ भन्ने पत्ता लागेको छैन । अप्रत्यक्ष यन्त्र म्यानेटोमिटरबाट प्राप्त भएको विवरण पनि अप्रत्यक्ष हुने भएका

फर्किने क्रममा घटनास्थलबाट अधिकारीले भने, ‘अहिलेलाई अध्ययन रोक्नैपर्छ । हामी हाम्रो सेफ्टीका कारण त्यो गर्न सक्दैनौं ।’

अध्ययन फेरि कहिले सुरु हुन्छ भन्ने प्रश्नमा उनले थपे, ‘पहिला हामी यसको रिपोर्ट दिन्छौं । त्यसपछि खानी विभागले गर्नसक्छ भने विभाग र उपमहानगरको समन्वयमा गर्छौं । अन्य निकायको पनि सहयोग चाहिन्छ भने सबैको समन्वयमा अगाडि बढ्न सक्छौं ।’