दार्चुलामा नुहाउन गएकी बालिका बगेर बेपत्ता
दार्चुला,६ वैशाख।
दार्चुलाको अपी नगरपालिका–१२ डुमपानीमा महाकाली नदीमा नुहाउन गएकी बालिका बगेर बेपत्ता भएकी छिन् । सोमबार दिउँसो हुती–८ स्थाई घर भएकी ९ वर्षीय प्रियंका भुल महाकाली नदीमा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।
अपी नगरपालिका १२ खलंगा बजारमा कोठा गरि बस्ने बालिका दिउसो गर्मी भएपछि नुहाउन भनेर महाकाली गएकी उनी बगेको पारिवारिक स्रोतले जनाएको छ । महाकाली नदीमा अन्य दिनको तुलनामा पानीको सतह बढेको छ । उनको अहिले खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।