
उपनिर्वाचन : रूकुममा माओवादी केन्द्रका उमेदवार निर्विरोध
मंसिर १६ मा हुन लागेकाे उपनिर्वाचनकाे मनाेनयनसँगै रुकुमपूर्वमा नेकपा माओवादी केन्द्रले खाता खोलेको छ।
काग्रेस एमालेको तर्फबाट उम्मेदवारी दिएका एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि पुथाउत्तरगङ्गा गाउँपालिका २ को अध्यक्षमा जगत घर्ती निर्बिरोध निर्वाचित भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य पूर्णबहादुर घर्तीले जानकारी दिएका छन् ।
कांग्रेस-एमालेका सयुंक्त उम्मेदवार जीवन रोका र स्वतन्त्र उम्मेदवार शुक्रराज शिर्पालीले उम्मेदवारी फिर्ता लिएर माओवादी उम्मेदवार जगत घर्तीलाई समर्थन गरेपछि घर्ती पुथाउत्तरगंगा पुथा उत्तरगङ्गा गाउँपालिका-२,को अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
