संसद बैठक : शून्य समयमा कसले के बाेले ?

मूलखबर संवाददाता
काठमाडौं, १४ साउन

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरुले सुनसरी घटनालाई सहज रुपमा समाधान गरी समाजमा सद्भाव कायम राख्नका लागि सम्बद्ध सबैले आआफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।

उहाँहरुले सामाजिक सद्भाव र शान्ति–सुव्यवस्था कायम गर्नका लागि सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिँदै त्यसमा राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीलगायत सबैको साथ सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

यसैगरी, उहाँहरूले मुलुकभर वर्षासहित आएको बाढी, पहिरो र डुबानबाट प्रभावित नागरिकको व्यवस्थापनसहित क्षतिपूर्तिको प्रबन्ध गर्न, किसानलाई समयमै रासायनिक मल र बीउबिजनको व्यवस्था गर्न, बाँदर व्यवस्थापन गर्न र देशभर अवरुद्ध सडक यथासक्य छिटो खोली यातायात सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गर्नुभयो ।

शून्य समयमा बाेल्दै नेकपा सांसद रमेश मल्लले सल्यानमा जनताले भाेगेका समस्याको तत्काल समाधान गर्न सरकारबाे ध्यानाकर्षण गराउनुभयाे ।

शून्य समयमा सांसदहरू अप्साना बानु, अम्बिकादेवी सङ्ग्रौला, अर्जुनकुमार कार्की, अर्जुननरसिंह केसी, आशिका तामाङ, इन्दिरा रानामगर, एजिला गुरुङ, यशुदाकुमारी बराल, अङ्किता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कवीन्द्र बुर्लाकोटी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुशुम महर्जन, कृपाराम राना, कृष्णहरि बुढाथोकी, खगेन्द्र सुनार, खडगबहादुर बुढा, खडग शाही, खिमा विक, गणेश धिमाल, गणेश पराजुली, गणेशबहादुर विश्वकर्मा, गीता गुरुङ, गीताकुमारी स्याङ्ताङ, गोविन्द पन्थी, गङ्गादेवी श्रेष्ठ, गङ्गालक्ष्मी अवाललगायतले बोल्नुभएको थियो ।