पृथ्वीसुब्बा गुरूङलाई लमजुङले किन भाेट दिने ?

गणेश पाण्डे

पृथ्वीसुब्बा गुरूङलाई लमजुङले भाेट दिनुपर्ने १० राजनीतिक आधार:

१. अनुभवी नेतृत्व:
उहाँ संघीय मन्त्री र गण्डकी प्रदेशका मुख्यमन्त्री भइसक्नुभएको छ। राज्य सञ्चालनको अनुभवले लमजुङका विकास परियोजनालाई संघ–प्रदेश समन्वयमार्फत अघि बढाउन सक्ने क्षमता दिन्छ। लमजुङले प्रयोग होइन, परिणाम चाहन्छ। अनुभवी र निरन्तर जनताको माझमा रहेको नेतृत्वले मात्रै राजनीतिक अस्थिरताबाट जिल्लालाई जोगाउन सक्छ।

२. संरचनागत विकासको निरन्तरता:
सडक, पुल, खानेपानी, स्वास्थ्य चौकी र विद्यालय स्तरोन्नतिमा विगतमा थालेका योजनालाई निरन्तरता दिन सक्ने नेतृत्व आवश्यक छ।

३. संघीय संरचना कार्यान्वयन:
संघीय प्रणाली कार्यान्वयनका जटिलता बुझ्ने र स्थानीय तहसँग सहकार्य गर्न सक्ने राजनीतिक परिपक्वता उहाँसँग छ।

४. लमजुङको भौगोलिक चुनौतीप्रति संवेदनशीलता:
दुर्गम बस्ती, पहिरो–बाढी जोखिम, कृषिमा निर्भर जनजीवन- यी विषयमा नीतिगत हस्तक्षेप गर्न अनुभवी नेतृत्व आवश्यक छ।

५. पर्यटन प्रवर्द्धनको दृष्टि:
संसारमै चर्चित लमजुङको होमस्टे, लमजुङका धार्मिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय- अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्न उहाँको अनुभव उपयोगी हुन्छ।

६. युवालाई अवसर सिर्जना गर्ने क्षमता:
लमजुङलाई अब आईटी हब बनाउनुपर्छ । विदेशमा रहेका युवालाई फर्कने वातावरण बनाई उनीहरूको सीप र पुँजी अब जिल्लामै लगाउनुपर्छ । रोजगारी, सीप विकास र उद्यमशीलता कार्यक्रममार्फत युवालाई विदेश पलायनबाट रोक्ने स्पष्ट योजना आवश्यक छ।

७. राजनीतिक स्थिरता र स्पष्ट धार:
राष्ट्रिय राजनीतिमा स्पष्ट वैचारिक धार राख्ने नेताको उपस्थितिले मात्र जिल्लाको आवाज संघीय संसदमा बलियो बनाउँछ।

८. कृषि आधुनिकीकरणमा जोड:
लमजुङको मुख्य आधार कृषि हो। सिंचाइ, बजार पहुँच र कृषि उद्योग विस्तारमा नीतिगत पहल गर्न सक्ने नेतृत्व जरुरी छ।

९. संगठन निर्माण र जनसम्पर्क क्षमता:
लामो राजनीतिक यात्राले स्थानीय तहसम्म संगठन मजबुत बनाएको छ, जसले जनअपेक्षा सम्बोधन गर्न सहज बनाउँछ।

१०. लमजुङको राष्ट्रियस्तरमा पहिचान:
लमजुङलाई एक थान सांसद मात्र चाहिएको हैन । पहिचान पनि चाहिएको छ । राष्ट्रिय नेतृत्व तहमा भएका कारण लमजुङका मुद्दा-पूर्वाधार, पर्यटन, शिक्षा र स्वास्थ्यलाई केन्द्र सरकारसम्म प्रभावकारी ढंगले पुर्‍याउन सकिन्छ। पहुँच र प्रभाव नभएको प्रतिनिधिले जिल्लाको आवाज बलियो बनाउन सक्दैन। राष्ट्रिय शक्ति–केन्द्रसँग समन्वय गर्न सक्ने नेतृत्व चाहिन्छ।

(लेखक प्रेस चाैतारी नेपालका अध्यक्ष हुन्)