यसपटक नेपाली कम्युनिस्ट पार्टीलाई नै किन जिताउने ?
गत २०८२ भाद्र २३ र २४ को जेन जेड विद्रोहपश्चात् विशेष परिस्थितिमा पुरानो संसद विघटन गरि संविधानको रक्षा र थप उपलब्धिको लागि गर्न लागिएको यो निर्वाचनमा विगतको जस्तो निरन्तरताको नाममा र नयाँका नाममा हावाहुरीका भरमा भोट हालियो भने पुन: मुलुक संसदीय अस्थिरतामा अल्झिने निश्चित छ त्यसैले पार्टीका दर्शन ,विचार लक्ष्य उद्देश र विगतका भुमिका साथै भविष्यका घोषणा तथा प्रतिबद्धता हेरेर मतदान गर्नु पर्दछ । त्यसैले केही विषयमा गंभिर गर्न जरुरी लागेकाले याे लेख लेखिएकाे छ ।
१. समाजवादतर्फको प्रतिबद्धता:
नेपाली कम्युनिस्ट पार्टी ले संविधानले निर्देशित समाजवाद उन्मुख व्यवस्था कार्यान्वयन गर्ने एजेन्डा अघि सारेको छ। आर्थिक असमानता घटाउने, उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्ने र श्रमिक–किसानका अधिकार सुदृढ गर्ने लक्ष्य राखेकोछ।
२. राष्ट्रियता र स्वाधीनता:
नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वाभिमान, स्वतन्त्र परराष्ट्र नीति र छिमेकीसँग सन्तुलित सम्बन्ध कायम राख्ने विषयलाई प्राथमिकतामा राखेको छ।
३. सामाजिक न्याय र समावेशिता:
नेपाली कम्युनिस्ट पार्टीले दलित, महिला, आदिवासी–जनजाति, मधेसी, पिछडिएको क्षेत्रका समुदायको प्रतिनिधित्व र अधिकार सुनिश्चित गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
४. संघीयता र स्थानीय सशक्तिकरण:
नेपाली कम्युनिस्ट पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै स्थानीय तहलाई अधिकार, स्रोत र क्षमता वृद्धि गर्ने योजना बनाएको छ।
५. भ्रष्टाचारविरुद्ध कडाइ:
नेपाली कम्युनिस्ट पार्टीले सुशासन, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वलाई सुदृढ गर्ने एजेन्डा अगाडि सारेकोछ र भ्रष्टाचारहरुलाई कडा कारबाही गर्ने योजना अघि सारेको छ।
६. इतिहास र योगदान:
नेपाली कम्युनिस्ट पार्टीले २३९ वर्षको लामो सामन्ती राजतन्त्र ,धार्मिक असमानता ,लैंगिक असमानता ,भौगोलिक असमानता ,जातीय असमानता विरुद्ध माहान् जनयुद्ध र जनआन्दोलन गरि निरंकुश शासनको अन्तय गरि लोकतन्त्र र गणतन्त्र स्थापनामा भूमिका खेलेको इतिहास छ।जसका कारण आज समावेशी ,समानुपातिक ,धर्म निरपेक्षता ,संबैधानिक मौलिकहक प्राप्त गरि वाक स्वतन्त्रता सहित हामी अगाडि बढी रहेका छौ।
७. सरकारमा रहदा गरेका कार्य :
नेपाली कम्युनिस्ट पार्टीका मुख्य नेतृत्व क.पुष्प कमल दाहाल “प्रचण्ड ” को नेतृत्वमा छोटो छोटो समयको सरकार सन्चालन गर्दा पनि कृषि ऋण मिनाहा ,मजदुरहरुलाई तलव सुबिधा वृद्धि र सामाजिक सुरक्षाको निति निर्माण र कार्यनयन ,देशै भरि सडक संन्जाल निर्माण ,लोडसेडिङको अन्त्य र विधुत उत्पादन ,कृषि दशक घोषणा ,युवास्वरोजगार,गाउँ -गाउँमा सहकारी घरघरमा भकारी ,हात हातमा मोबाइल घरघरमा ईन्टरनेट ,भ्रष्टाचार विरुद्ध कार्वाही ईत्यादी हुन्।
८. युवा र नवयुवाहरुका माग: अहिले जेन जेडले उठाएका संबिधान संशोधन गरि प्रत्यक्ष कार्यकारी प्रमुख ,पुर्ण समानुपातिक निर्वाचन प्रणाली, संघियतामा सुधार र अधिकार प्रत्यायोजन ,सुशासन र भ्रष्टाचार विरुद्ध कडा कार्वाही र उत्पादन र स्वदेशमै रोजगारमा जोड लगायतका विषयहरु नेपाली कम्युनिस्ट पार्टीले उठाईरहेका विषयहरु हुन्।
यी विषयमा निष्कर्ष निकाल्दा विगतमा प्राप्त उपलब्धि यहि पार्टी र यसको नेतृत्वको पहल र संघर्षबाट नै प्राप्त भयको हो र यसको रक्षा तथा थप उपलब्धि प्राप्तिको लागि संघर्ष पनि यहि पार्टीले गर्ने निश्चित छ नेपाल जस्तो मुलुकमा नेपाली माटो सुहाउँदो समाजवाद स्थापनाको विकल्प छैन त्यसको लागि यो चुनाव समाजवाद स्थपनाको एउटा आधार पनि हो त्यसैले यो निर्वाचनमा पुरातन सामन्तवादी र सुधारवादी सोच बोकेका र नयाँका नाममा कुनै विचार दर्शन ,लक्ष उद्देश्य नभएका तर पुरानाले केही गरेनन् अब हामी गर्छौ भन्दै बिना आधारका कुरा गर्दै हिड्ने दलहरूलाई भोट हाल्नु भनेको आफ्नो खुट्टामा आफै बन्चरो हान्नुनै हुनेछ त्यसकारण सम्पूर्ण नेपालीको भाग्य र भविष्य बानाउन नेपाली कम्युनिस्ट पार्टीको तारा चिन्हमा मतदान गरि देशैभरिबाट अत्याधिक बहुमतले बिजय गराउनुको विकल्य छैन।
(कार्की नेकपाका केन्द्रीय सदस्य हुन्)




