सामाजिक अभियन्ता सायमीसहित नेकपामा समायाेजन

मूलखबर संवाददाता
काठमाडौं, ३० पुस

नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ ।

बुधबार राजधानीकाे भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आयाेजित कार्यक्रममा सायमीसहितका जेन्जी युवाहरूलाई पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका थिए  ।

सायमी काठमाडौंका सामाजिक मुद्वाहरूमा निरन्तर लागिरहने युवा पनि हुन् ।