लमजुङको त्रिवेणी कप : लाङ्दी देवी फाइनल पुग्याे, अब अन्तिम प्रतिस्पर्धा एपिएफसँग

राज गुरूङ
लमजुङ, २० पुस

लमजुङको वेसिशहरमा जारी त्रिवेणी कपमा आज दाेस्राे सेमिफाइनल सकिएको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा चर्चब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले हराउँदै लाङ्दी देवी नाल्मा फाइनलमा प्रवेश गरेको छ।

फाइनल खेल भोली साेमबार  दिउँसो १ बजे बेसिसहर स्थित सहजि खेल मैदानमा हुनेछ भने फाइनलमा गत बर्षको विजेता एपीएफ र आज सेमिफाइनलकाे विजेता लाङ्दी देवी नाल्मा बिच प्रतिस्पर्धा हुनेछ ।

पुस १२ देखि जारी त्रिवेणी कप भाेली पुस २१ गते समापन हुनेछ ।