एक दुई दिनभित्रै विशेष महाधिवेशनकाे निर्णय नगरे पुस २७ मा विशेष महाधिवेशन गरिन्छ- थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक दुईदिनभित्र पार्टीको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशन गर्ने निर्णय नगर्ने हाे भने पुष २७ मा विशेष महाधिवेशन गरपछाड्ने बताएका छन् ।
पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा संस्थापन पक्षबाट बैसाखमा नियमित महाधिवेशन गर्ने तालिका ल्याएपछि नाेट अफ डिसेन्ट राखेको जानकारी दिँदै थापाले त्यसमा पुनर्विचार गर्न चेतावनीसमेत दिएका छन् ।
उनलेे भनेका छन्- पार्टी विधानको धारा ४३ अनुसार केन्द्रीय समितिको म्याद थप गर्ने र नियमित महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव आयो । केन्द्रीय कार्यसम्पादन समितिको बहुमतबाट पारित त गरियो, तर यसमा हाम्रो फरक मत रह्यो । आफूलाई मन परेकोमा विधान लागू गर्ने र मन नपरेको विधान लागू नहुने भन्ने हुँदैन । पार्टी विधानको धारा १७ (२)ले विशेष महाधिवेशन मन लाग्दा बोलाउने, मन नलाग्दा नबोलाउने भन्ने हुँदैन । यो छनोटको विषय होइन । विशेष महाधिवेशनका लागि ५४ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेर पार्टीमा बुझाएको समय (९० दिन) पुस २८–२९ मा सकिन्छ । यो अवधिभित्र विशेष महाधिवेशन गर्दिनँ भन्न पाइँदैन । विशेष महाधिवेशनमा जानुपर्छ भन्ने धारणासहित वैशाखमा महाधिवेशन गर्ने प्रस्तावमा फरक मत राख्यौँ ।




