पुर्व गृहमन्त्री लेखकविरूद्वकाे स्थानहद फुकुवा
जेनजी आन्दोलनकाे पहिलो दिन भदौ २३ गते आन्दोलनमा निस्केका विद्यार्थीमाथि अत्यधिक बल प्रयाेग वरेकाे भन्दै आलोचना भएपछि गृहमन्त्रीबाट राजिनामा दिएका तत्कालीन गृहमन्त्री रमेश लेखकमाथी लगाइएको स्थान हदकाे निर्णय फुकुवा भएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री रमेश लेखकले छानवीन आयाेगमा बयान दिएपछि उनीविरुद्धको स्थान हद फुकुवा भएको हाे ।
भदौ २३ र २४ गते जेनजी आन्दोलन हुँदा गृहमन्त्री रहेका लेखकमाथि सरकारले गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले स्थान हद लगाएको थियो ।




