एमाले महाधिवेशन शुरू, हिंसा र युद्वबाट भएका परिवर्तन स्वीकार्न सकिन्न : ओली
नेकपा एमालेकाे ११ ओैं महाधिवेशन भक्तपुरको सल्लाघारी चाैरमा शुरू भएको छ । महाधिवेशनकाे रिमाेटबाट उदघाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले सरकामाथि कडा टिप्पणी गरेका छन् ।
उनलेे सरकारलाई लक्षित गर्दै हींसा र युद्धबाट भएका परिवर्तनहरू स्वीकार गर्न नसकिने बताएका छन् ।
उनलेे सिंहदरबार जलाउने, संसद भवन जलाउने र पार्टीका कार्यलयदेखि नेताका घरसमेत जलाउनेलाई कडा कारवाहिकाे माग गरेका छन् । उनलेे आफुले राजिनामा दिइसकेपछि भएका विध्वंसकाे जिम्मेवारी नलिने दाेहाेर्याएका छन् ।
उनलेे भनेका छन् – हामी हिंसा या युद्ध समय परिवर्तनको साधन हुन सक्दैन, हुन हुँदैन भन्छौं । जनताको मन जितेर पनि शान्तिपूर्ण ढंगले पनि समाज बदल्न सकिन्छ,’ ओलीले भने, ‘हामी भन्छौं अनि प्रहार हुन्छ । विविधता र बहुलता हाम्रो सम्पदा हो दूरी बढाउने विषय होइन भन्छौं ।’




