नेपाली कांग्रेसले गर्यो निर्वाचन आयोगमा दल दर्ता
नेपाली कांग्रेसले आज निर्वाचन आयोगमा दल दर्ता गरेको छ । राष्ट्रिय सभा र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको कांग्रेस कार्यलय सचिवले बताए ।
कांग्रेसले सभापति शेरबहादुर देउवाकै आधिकारिक हस्ताक्षर चल्ने गरी आयोगमा दल दर्ता गरेको हो । केन्द्रीय कार्यसमितिको असोज २८ को बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिएका थिए । त्यसबेला उनले पुन : सक्रिय राजनीति नगर्ने सन्देश पनि दिएका थिए । तर आज दल दर्ता गर्दा सभापति देउवाकै नाम कांग्रेसले अघि बढाएको छ ।
केन्द्रीय कार्यसमिति बैठकले वर्तमान राजनीतिक संकटको निकास, संविधानको संरक्षण र जेन-जीले उठाएको मागलाई संस्थागत रुपमा निर्वाचनबाटै सम्बोधन गर्न सकिने ठहर गर्दै निर्वाचनमा जाने निर्णय लिएको थियो ।




