नेपाली कम्युनिष्ट पार्टीले देशैभरी एकता सन्देश सभा गर्ने (कार्यतालिकासहित)
नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने भएको छ । आज बसेकाे सचिवालय बैठकले देशैभर एकताको सन्देश सभा गर्ने निर्णय गरेको नेता राजेन्द्र पाण्डेले बताए । उनका अनुसार मंसिर ९ गते सुदुरपश्चिमबाट एकता सन्देश सभा शुरू गरेर बागमती प्रदेशमा समापन गरिनेछ । अन्तिम निर्णय हुँदासम्म केही मिति र मोडालिटी हेरफेर हुन सक्ने बताइएको छ ।
यस्तो छ प्रदेश स्तरीय एकता सन्देश सभाकाे कार्यतालिका
१. सुदुरपश्चिम प्रदेश – मंसिर ९ गते
२. कर्णाली प्रदेश – मंसिर १० गते
३.लुम्बिनी प्रदेश – मंसिर ११ गते
४. गण्डकी प्रदेश – मंसिर १२ गते
५. मधेश प्रदेश – मंसिर १३ गते
६. काेशी प्रदेश- मंसिर १४ गते
७. बागमती प्रदेश – पछी मिति तय गरे अनुसार
जिल्ला स्तरिय एकता तथा सन्देश सभा
१. बागमती प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १३ गते
२. सुदुर पश्चिम प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १५ गते
३. कर्णाली प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १६ गते
४. लुम्बिनी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १७ गते
५. गण्डकी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर १८ गते
६. मधेश प्रदेशको सबै जिल्लाको एकैदिन- मंसिर १९ गते
७. १ नम्बर /कोशी प्रदेशको सबै जिल्लाको एकैदिन – मंसिर २० गते
पालिका स्तरीय एकता सन्देश सभा
१. देशै भरीको पालिकामा एकैदिन – मंसिर २७ गते




