बढ्याे मुल्य : पेट्रोलमा २, डिजेलमा ३ रूपैयाँ वृद्धि
फेरि पेट्रोल र डिजेलकाे मुल्यवृृद्वि भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । शनिबार निगमले पेट्रोल र डिजेलको मूल्यवृद्धि गरेको हो ।
निगमले साविकको खुद्रा बिक्री मूल्यमा पेट्रोलमा प्रतिलिटर रु २ र डिजेलमा रु ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।
यो निर्णयसँगै अब पेट्रोलको मूल्य रु १६१ र डिजेलको मूल्य १४७ रुपैयाँ पुगेको निगमले जनाएको छ । यो मूल्य कातिक ३० गते बिहान १ बजेदेखि कायम हुने समेत निगमले जनाएको छ





