नेपाली कम्युनिस्ट पार्टीले पायाे दलकाे मान्यता
१२ वटा विभिन्न वामपन्थी दल र समुहहरू मिलेर बनेकाे नेपाली कम्युनिस्ट पार्टीले दल दर्ताको मान्यता पाएको छ ।
निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका दल र वामपन्थी समुहहरूबीच गत कात्तिक १९ गते एकता भएर नेपाली कम्युनिस्ट पार्टी बनेको घाेषणा गरिएको थियाे । साे पार्टीको संयाेजकमा पुष्पकमल दाहाल प्रचङर सहसंयाेजकमा माधव कुमार नेपाल रहेका छन् ।




