कांग्रेस महामन्त्री थापाले गरे मंसिरमा विशेष महाधिवेशनको प्रस्ताव, होला त महाधिवेशन ?
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मंसिर २७ मा विशेष महाधिवेशनको मिति घोषणा गरेका छन्। बिहीबार सानेपामा केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै थापाले नियमित महाधिवेशन गर्नका लागि नेताहरू सदस्यताको विषय देखाएर पन्छिएको भन्दै मंसिर २७ गतेका लागि विशेष महाधिवेशन हुने जानकारी गराएका हुन्।
ुमैले नियमित अधिवेशन गर्न सकिन्छ भनेँ तपाईंहरू सबैले सदस्यताका कारण देखाएर पन्छिनुभयो,ु उनले भने, ुत्यसैले अब नियमित अधिवेशनको अध्याय बन्द भयो। अब मंसिर २७ गते विशेष अधिवेशन हुन्छ।ु उनले अधिवेशनबाट कांग्रेस नयाँ भएर आउने पनि बताए। उनले भने, अधिवेशनबाट नेपाली कांग्रेस नयाँ भएर आउँछ। नयाँ पुस्ताको मागअनुसार आफूलाई बदल्छ।
अधिवेशन नगरी निर्वाचनमा जानु भनेको गल्ती कमजोरी स्वीकार नगरी जनादेश माग्न जानु हो,ु उनले भने, यस्तो अवस्थामा जनताले हामीलाई साथ दिँदैनन्। कांग्रेसको चरित्र अन्य पार्टीजस्तो उत्तेजना फैलाउने होइन, सम्हाल्ने हो।
भदौ २३ गतेको जेनजी आन्दोलनको क्रममा नेपाली कांग्रेस सरकारमा भएकोले आफ्नो भागमा परेको जिम्मा आफू लिने पनि थापाले बताए।
महधिवेशन चुनाव अघि गर्ने की चुनाव पछि गर्नेभन्ने विषयमा विवाद भइरहेको बेला नियमित की विशो भन्ने मापनि तिब्र विवाद भएको थियो जसका कारण केन्द्रीय कार्यसमिति बैठक लम्बीरहेको छ । संस्थापन पक्षका नेताहरु नियमित महाधिवेशनको पक्षमा रहेकाले विशेष महाधिवेशन गगन थापाले भनेकै मितिमा हुन सक्ने सम्भावना कति हुन्छ त्यो भने केही दिनमा निर्णय हुन सक्ने देखिन्छ





