भिम रावल आज नेपाली कम्युनिस्ट पार्टीमा आवद्व हुँदै

मूलखबर संवाददाता
काठमाडौं, २६ कात्तिक

पुर्व एमाले नेता तथा ‘मातृभूमि राष्ट्रिय जागरण अभियान’का नेता डा. भीम रावल प्रचण्ड–माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा एकताबद्ध हुने भएका छन् ।  उनी आज काठमाडौंमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन् ।

नेपाली कम्युनिस्ट पार्टीको सचिवालयका अनुसार आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजित  कार्यक्रममा रावललाई स्वागत गरिनेछ । कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल र भीम रावलले सम्बोधन गर्ने तयारी छ । कार्यक्रमकाे नाम समायाेजन कार्यक्रम राखिएको छ ।