गृहमन्त्रीलाई हट्न सुदन गुरूङकाे कडा चेतावनी, यस्तो लेखे सन्देश

मूलखबर संवाददाता
काठमाडौं, २० कात्तिक

जेनजी आन्दोलनको बलमा बनेकाे अन्तरिम सरकारका गृहमन्त्री ओम प्रकाश अर्याललाई तत्काल पद त्याग गर्न जेनजी आन्दोलनका कमाण्डर भनेर चिनिने सुदन गुरूङले चेतावनी दिएका छन् ।

जेनजी आन्दोलनमा दमन गर्ने हत्यारा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई दुइ महिनासम्म पक्राउ नगरी उल्टै आन्दोलनकारी युवालाई पक्राउ गरेकाे भन्दै उत्रिएका  हामी नेपालका अध्यक्ष समेत रहेका गुरूङले सामाजिक सञ्जालमार्फत राजिनामा माग गरेका हुन् ।

उनले `हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश´ भन्ने स्टाटसमार्फत लेखेका छन्-  `अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।´

उनलेे गृहमन्त्रीले चुुनावकाे नाटक गरेकाे आराेप लगाउँदै भनेका छन्- ८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो । नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

उनको साे चेतावनीलाई अर्का जेनजी अभियन्ता तथा गरी खान देउका अध्यक्ष मिराज ढुंगानाले पनि सेर गरेका छन् ।

यस्तो छ उनको चेतावनी – 

‼️ हाम्रो अलोकप्रिय गृहमन्त्रीको लागि सन्देश ‼️

तपाईंले जनताको भरोसा पूरा गर्न सक्नुभयो छैन।
देशभरबाट “हत्यारालाई कारबाही गर” “भ्रष्टाचारीलाई कारबाही” गर भन्ने आवाज उठ्दा “जेन्जीलाई कारबाही” गर सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।

सहिदको रगत सम्झनुहोस्। नेपाल र नेपालीको आशा र आँसु सम्झनुहोस्।
काम गर्न नसके पद छोड्ने गर्नुभएको वाचा सम्झनुहोस्।
ओमप्रकाश अर्याल ज्यू, अब त्यो समय आएको छ किनभने अब दुई महिना हुन लागिसक्यो न त कुनै भ्रष्टाचारलाई कारबाही भो न त कुनै हतियारालाई।

अहिलेसम्म के हुन्छ कि भनेर देशको हितको लागि लड्दा मैले भ्रामक समाचार द्वारा यत्रो अपमान देखि चरित्र हत्या समेत सहेर बसे । कुनै स्पष्टीकरण पनि दिन उचित ठानिन्न किनभने मैले सोचेको थिएँ कामले देखाउँछ र कामले बोल्छ अनि नेपाली जनताले बुझ्नेछन् एकदिन,र अझै पनि देश बन्छ भने, करोडौँ अट्याकहरू सहन तयार छु तर अब तपाईंबाट आशा मरिसकेको छ।

हामी लड्यौं योग्य, इमानदार, र परिणाम देखाउने नेतृत्वका लागि।
हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं।

अब भीत्र मनमै सोच्नु होला—“चुनाब गराएर निक्लिन्छु, THE YOUTHS OF NEPAL ARE NOT STUPID, WE ARE WAITING.

त्यसैले चेतना होस् ।
चुनाबको नाटक नचलोस्।
८४ को चुनाव ८२ मा सार्नलाई गरिएको आन्दोलन होइन यो ।
नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन हुँदैन भने यसपालिको चुनाव हुन दिइने छैन।

अझै पनि गृहमन्त्रीको पदमा टाँसेर जुका जस्तो बस्नुहुन्छ भने दुई दिनपछिको प्रेस कन्फ्रेन्सले तपाईंको भविष्य निर्धारण गर्नेछ। प्रधानमन्त्रीको प्रिय पात्रो भनेर कुर्ची बच्छ भनेर सोच्नुहुन्छ भने यो तपाईंको भ्रम हो।

DO YOUR DAMN JOB THAT YOU HAVE BEEN SENT FOR.

जनता जागिसके।
युवा जागिसके।