नेपाली कम्युनिस्ट पार्टीकाे एकता राष्ट्रिय सम्मेलन सम्पन्न, संयाेजकमा प्रचण्ड र सहसंयाेजकमा नेपाल चयन
नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल चयन हुनुभएको छ ।
![]()
उहाँहरूमध्ये प्रचण्ड माओवादी केन्द्रका संयोजक र नेपाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष हुनुहुन्थ्यो ।
आज माओवादी केन्द्र र एकीकृत समाजवादीसहित १० दलकाे एकता घाेषणा तथा राष्ट्रिय सम्मेलनले उहाँहरूलाई जिम्मेवारी दिएको हाे ।
दुबै जना पुर्वप्रधानमन्त्री हुनुहुन्छ भने गणतन्त्र स्थापना र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन भुमिका खेलेको व्यक्ति हुनुहुन्छ ।
सम्मेलनमा पार्टीको निर्माणकाे आवश्यकता, पार्टीको विधान, सहमति पत्रहरू पढेर सुनाइएकाे थियाे भने सांस्कृतिक टिमका कलाकारहरूले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।





