नाै वाम दलकाे एकता घाेषणा सभा आज भृकुटीमण्डपमा हुँदै
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ वामपन्थी दल र समुहको आज काठमाडौँको भृकुटी मण्डपमा एकता घोषणा कार्यक्रम हुँदैछ।
एकता घाेषणा कार्यक्रमकाे तयारी पुर्ण भएको माओवादी केनका कार्यलय सचिव गणेशमान पुनले बताए ।
एकीकृत पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी र चुनाव चिन्ह तारा राख्ने सहमति उनीहरूले गरेका छन् । सहमतिअनुसार पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसयोजकमा माधवकुमार नेपाल रहने तय भएको छ।
कार्यक्रमलाइ एकता राष्ट्रिय सम्मेलन नाम दिइएको छ ।
एकता घोषणा भएपछि उनीहरूले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिने तयारी गरेका छन्। एकता घोषणा कार्यक्रम भइरहेको बेला माओवादीबाट अलग भएको जनार्दन शर्मा समूहले प्रगतिशील अभियान नामक सुरु गरेका छन्। भ
आज भृकुटीमण्डपमा हुने कार्यक्रममा हलभित्र १० हजार सहभागी अटाउने गरी व्यवस्थापन गरिएको र बाहिर पनि सुन्ने व्यवस्था गरिएको आयाेजकले जानकारी दिएका छन् ।





