माओवादी केन्द्रकाे बैठक सम्पन्न, पार्टी एकताको सहमति सर्वसम्मतिले अनुमाेदन
नेकपा (माओवादी केन्द्र)को महाधिवेशन आयोजक केन्द्रीय समितिको बैठक आज सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न बैठकले पार्टी एकताको निर्णय र सहमतिलाई सर्वसम्मतिले अनुमाेदन गरेको छ ।
पार्टी प्रवक्ता अग्नि प्रसाद सापकोटाका अनुसार पार्टीका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले विगतदेखिकाे इतिहास र वर्तमानकाे आवश्यकताबारे प्रकाश पार्दै पार्टी एकता समाजवादी क्रान्तिका लागि काेसेढुंगा हुने बताएका थिए ।





