समाजवादी क्रान्ति सम्पन्न गर्न सबै माओवादी र वामपन्थी क्रान्तिकारीहरू एकजुट बनाैं – प्रचण्ड

मूलखबर संवाददाता
काठमाडौं, १५ कात्तिक

नेकपा माओवादी केन्द्रका संयाेजक पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्ति सम्पन्न गर्न सबै माओवादी र क्रान्तिकारी वामपन्थी कम्युनिस्टहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

जनयुद्धका सहिद तथा वेपत्ता याेद्वाहरूकाे स्मरणमा स्थापित सहिद प्रतिष्ठान नेपालकाे १६ ओैं वार्षिक साधारणसभाकाे उद्घाटन गर्दै प्रचण्डले समाजवादी क्रान्ति सन्निकट रहेकाे बताए । उनलेे क्रान्ति र प्रतिक्रान्ति एक आपसमा टकराउँदै अगाडि बढ्ने बताउँदै आफ्नाे नेतृत्वको नयुद्धमा सहादत गर्ने सबैलाइ राज्यले सहिद घाेषणा गरेको बताउँदै शान्ति प्रक्रिया पुर्णतामा पुर्याउन सबैकाे एकीकृत भुमिका र आन्दोलनकाे आवश्यकता रहेकाे बताए ।

प्रतिष्ठानका अध्यक्ष धर्मशीला चापागाईंकाे अध्यक्षता र महासचिव युवराज चाैलागाईँकाे सञ्चालनमा भएको कार्यक्रममा पुर्व सभामुख अग्नि सापकाेटालगायतका नेताहरूकाे सहभागीता रहेकाे थियाे ।

प्रतिष्ठानले देशका पाँच स्थानमा सहिद परिवारलाई पढाउने माध्यमिक विद्यालय सञ्चालन गरेकाे र साे विद्यालयहरूमा २ हजार बढी विद्यार्थीहरू अध्ययन गरिरहेका छन् ।