एमाले धनवाद, डनवाद र यौनवादमा डुबेको भन्दै नेता भट्टले छाडे एमाले

मूलखबर संवाददाता
काठमाडौं, १४ कात्तिक

नेकपा एमालेका नेता तथा सुदुरपश्चिम प्रदेश सचिवालय सदस्य गाेकर्ण भट्टले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट अलग हुनेगरी एमाले पार्टी परित्याग गरेको घाेषणा गरेका छन् । पुर्व माओवादी केन्द्रका नेता समेत रहेका एमाले नेता लेखराज भट्टका भाइ समेत रहेका उनी एमालेमा लागेका थिए ।

उनलेे लामाे फेहरिस्त विज्ञप्ति सार्वजनिक गर्दै एमाले धनवाद, याैनवाद र डनवादमा डुबेकाे भएको बताउँदै एमाले परित्याग गरेकाे घाेषणा गरेका छन् ।

उनले एमाले अध्यक्ष केपी ओलीकै कारण देशमा भदौ २३ र २४ काे घटना भएको र निहत्था विद्यार्थी र जनता मारिएकाे भन्दै लेखेका छन्- `साे हत्याको जिम्मेवारी लिनुकाे साटो अराजक अभिब्यक्ति दिदै दम्भ र अहंकारले मुलुक थप जटिल मोडमा गैरहेको यथार्थलाई कसैले नकार्न सक्दैन ।´

यस्तो छ उनको विज्ञप्तिकाे अंश –

कुनैदिन जनताको परिबर्तनको आशा र बिश्वास पार्टीले पुरा गर्छ कि भन्ने बिश्वास गर्दै आशावादी बनि रहे र निरन्तर पार्टी काममा लागि रहे तर जनताको परिबर्तनको आशा र बिश्वासमाथि कुठाराघात गर्दै गुटबन्दी , अवसरवाद, धनवाद, डनवाद र यौनवादमा पार्टी चुर्लुम्मै उठ्नै नसक्नेगरी डुब्यो पार्टीभित्र इमान्दार नेता र कार्यकर्ताको मुल्यांकन हुन छोड्यो पार्टी नेतृत्व चरम अवसरवादमा गयो जसको परिणाम जनचाहना बिपरीत दुइ ठुला दलको अपबित्र गठबन्धनले मुलुक अस्थिरताको खाडल जाकिन पुग्यो , नेपालका राजनैतिक दलहरुप्रति बितिष्णा पैदा गर्यो भ्रष्टाचार कुशासनले सिमा नाघ्यो मुलुक जाए भाणमे भन्दै भागबन्डामा राज्य संचालन गर्ने दुस्साहसले जनतामा भित्रभित्रै राजनैतिक पार्टी बिरुध्द भुसको आगो झै भित्रभित्रै सल्केको आगोको ज्वालाको रुपमा भाद्र २३ गते जेएनजी नाममा निर्दोश बालबालिकाको ज्यान जान पुग्यो सम्पुर्ण मृतक हार्दिक श्रध्दासुमन ब्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समबेदना प्रकट गर्दछु । जसको प्रतिरोधमा २४ गते बिभिन्न अराजक तत्वको घुसपैठले पुरै देश खरानी हुन पुग्यो यसको जिम्मबारी मुलुक संचालनको जिम्बेबारी लिएका राजनैतिक पार्टी र त्यसको नेतृत्वले लिनु पर्दैन ? जिम्बेवारी लिनुकाे साटो अराजक अभिब्यक्ति दिदै दम्भ र अहंकारले मुलुक थप जटिल मोडमा गैरहेको यथार्थलाई कसैले नकार्न सक्दैन