चितवनबाट लमजुङ जाँदै गरेको माइक्रो दुर्घटना, १४ घाइते

मूलखबर संवाददाता
काठमाडौं, ११ कात्तिक

चितवनबाट लमजुङ जाँदै गरेकाे माईक्रोबस आँबुखैरेनी –२ एक्लेफाँटमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

प्रहरीका अनुसार चितवनबाट आउँदै गरेको बाप्र ०३–००१ ज ०९३७ नम्बरको विद्युतीय माइक्रो चालकले नियन्त्रण गुमाई सडकछेउको भित्तामा ठोक्किँदा माइक्रोमा सवार १४ जना घाइते भएका हुन्।

घाइते हुनेहरु :

माइक्रो चालक लमजुङको बेँसीसहर –८ बस्ने ४२ वर्षीय ईश्वरकुमार श्रेष्ठ।

चितवनको भरतपुर–१६ बस्ने ४५ वर्षीया शान्तामाया तामाङ, ४८ वर्षीया कमई तामाङ, ५५ वर्षीया बुधमाया तामाङ, ४२ वर्षीय गङ्गाबहादुर तामाङ, ४२ वर्षीया होमकुमारी तामाङ, १५ वर्षीया रश्मी तामाङ र ३७ वर्षीय डोलराज तामाङ।

लमजुङको दोर्दी –४ बस्ने २० वर्षीया गङ्गा तामाङ, ६३ वर्षीया मैतीमाया तामाङ।

नवलपुरको देवचुली–१७ बस्ने ४७ वर्षीया इन्द्रकुमारी तामाङ, भरतपुर–१६ वर्षीया गममाया तामाङ, ३० वर्षीय मङ्गली तामाङ र पाँच वर्षीया सिर्जना तामाङ।