जेनजी रेड फोर्सको गठन प्रचण्डले होइन हामीले आफैं गरेको हो – संयोजक तिमल्सिना

मूलखबर संवाददाता
काठमाडौं, ९ कात्तिक

जेनजी रेड फोर्सले आफ्नो एजेण्डा र दृष्टिकोण सार्वजनीक गरेको छ । संघिय राजधानी काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी रेड फोर्सले आफ्ना एजेण्डा सार्वजनीक गरेको हो । फोर्सकी संयोजक रहेकी स्मृति तिमिल्सीनाले आफूहरुले रेड फोर्स स्वतस्फुर्त गठन गरेको जानकरी दिइन् ।

उनले कान्तिपुर जस्तो मिडियाले पनि प्रचण्डले रेड फोर्स गठन गर्न लगाएको भनेर भ्म छरेको बताउँदै भनिन् यो प्रचण्डले होइन मैले बनाएको हो ।

उनले रेड फोर्सले माओवादी विचार र प्रचण्डको नेतृत्वलाई मान्ने र माओवादीलाई देशकै एक नम्बरको पार्टी बनाउने अभियान रहेको बताइन् । उनले आफ्नो संगठन देशव्यापी रहेको, सबै प्रदेशको संयोजक र ६५ वटा जिल्लामा संयोजक ताकिएको जानकारी दिइन् ।

उनले रेडफोर्सको पहिलो एजेण्डा कार्यकारी राष्ट्रपतिय शासन प्रणाली रहेको बताइन् । उनले पूर्ण समानुपातिक निर्वाचन प्रणाली, भ्रष्टाचारमा शुन्य सहनशीलता लगायतका १८ बुँदे एजेण्डा सावजनीक गरेकी छिन् ।