चार मन्त्री थपिँदै, अब मन्त्रिपरिषद् १२ सदस्यीय
आज अन्तरिम सरकारकाे मन्त्रिमण्डलमा चार मन्त्री थपिने भएका हुन्। प्रधानमन्त्री शुशीला कार्किकाे सिफारिसमा थपिन लागेका नयाँ मन्त्रीहरूमा सुधा गौतम स्वास्थ्य (स्वास्थ्य तथा जनसंख्या मन्त्री), गणपतिलाल श्रेष्ठ पर्यटन (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री), बब्लु गुप्ता खेलकुद (युवा तथा खेलकुद मन्त्री) र खगेन्द्र सुनार श्रम (श्रम, रोजगार तथा सामाजिक सुरक्षा) मन्त्री हुने पक्का भउकाे वालुवाटार श्राेतले जनाएकाे छ ।
आज चार मन्त्री थपिँदा कार्की नेतृत्वको मन्त्रिपरिषद् १२ सदस्यीय हुनेछ। यसअघि मन्त्रिमण्डलमा ८ सदस्य छन्।
जसमा कार्की प्रधानमन्त्री, रामेश्वर खनाल अर्थमन्त्री, कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री, ओमप्रकाश अर्याल गृहमन्त्री, अनिलकुमार सिन्हा उद्योग वाणिज्य तथा आपूर्ति, कानुन तथा न्याय, भूमिसुधार, सहकारी तथा गरिबी निवारण मन्त्री, महावीर पुन शिक्षा तथा विज्ञान प्रविधि मन्त्री, मदनप्रसाद परियार कृषि तथा पशुपन्छी विकासमन्त्री र जगदीश खरेल सूचना तथा सञ्चारमन्त्री छन्।
मन्त्रिपरिषद्मा आज थपिने मन्त्रीहरूको शपथ साढे २ बजे हुने भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा मन्त्रीहरूको शपथको तयारी भइरहेको छ ।





